images

२०८३ आश्विन १८ गते

images
images
images

राष्ट्र बैंकले ४० करोड थान नयाँ १ रुपैयाँका सिक्का छाप्ने, बैंकले थाल्यो प्रक्रिया

राष्ट्र बैंकले ४० करोड थान नयाँ १ रुपैयाँका सिक्का छाप्ने, बैंकले थाल्यो प्रक्रिया

images
images
आइतवार, आश्विन १८ २०८३
आइतवार, आश्विन १८ २०८३
  • काठमाडौं।  नेपाल राष्ट्र बैंकले १ रुपैयाँ दरका नयाँ सिक्का छाप्ने प्रक्रिया अगाडि बढाएको छ । राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै १ रुपैयाँ दरका नयाँ सिक्का छाप्न प्रस्ताव गर्न इच्छुक कम्पनीहरुलाई आग्रह गरेको हो । केन्द्रीय बैंकले ४० करोड थान नयाँ सिक्का छाप्नेछ । इच्छुक कम्पनीले आउँदो नोभेम्बर २ तारिखसम्म बोलपत्र प्रस्ताव पेस गर्नुपर्नेछ । बोलपत्र राष्ट्र बैंकको थापाथलस्थित बैंकिङ विभागमा पेस गर्नुपर्नेछ ।

    images
    images

    योग्य कम्पनीले प्रस्ताव पेस गर्दा २० हजार रुपैयाँ वा १३१ अमेरिकी डलर वा ११५ युरो धरौटी राख्नुपर्नेछ । राष्ट्र बैंकले छनौट गरेका कम्पनीले सिक्का डिजाइन, छपाइ र आपूर्तिसम्मको काम गर्नुपर्नेछ ।

    download

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend