काठमाडौँ । यातायात व्यवस्था विभागले दसैँमा सवारीसाधनका लागि देशभर रुट परमिट खुला गरेको जनाएको छ । विभागका महानिर्देशक राजीव पोखरेलले दसैँको समयमा लामो तथा मध्यम दूरीमा रिजर्भमार्फत सवारी विभिन्न स्थानमा पुग्ने भएकाले फुलपातीदेखि पूर्णिमासम्मका लागि रुट परमिट खुला गरिएको जानकारी दिए ।चाडपर्वको अवधिमा सडकमा यातायातको चाप कम गर्न फलफूल, तरकारी, औषधि, खाद्यान्न, खसीबोका जस्ता अत्यावश्यक सामग्री बोक्ने गाडीहरूलाई मात्र प्राथमिकता दिइने निर्णय भएको उनले बताए ।
‘यात्रुहरूलाई ठगिन वा कालोबजारी हुन नदिन र भाडादरमा पारदर्शिता कायम गर्न प्रमुख नाका तथा स्टेसनहरूमा सहायता कक्ष सञ्चालन गर्नेछौँ,’ उनले भने ।दसैँमा बसपार्क लगायत काठमाडौँका विभिन्न नाका जस्तै नागढुंगा, कोटेश्वर लगायतका स्थानमा यात्रु सहायता कक्षसमेत खोल्ने जानकारी दिए ।




.gif)



