काठमाडौँ । फिल्म ‘छ माया छपक्कै २’ युरोप, क्यानडा, युएई, कतार, ओमन र बराइनमा पनि प्रदर्शन हुने भएको छ ।स्वदेशमा दसैँको अवसर पारेर ३१ असोजबाट प्रदर्शनमा आउन लागेको फिल्म युरोपमा स्काई लाइन इन्टरटेनमेन्टका अध्यक्ष निर्देशक जीके शर्माले अक्टोबर १७, क्यानडामा अक्टोबर २३, युएई, कतार, ओमन र बराइनमा अक्टोबर १६ बाट प्रदर्शनमा आउन लागेको हो ।
ब्लकबस्टर फिल्म निरन्तर दिँदै आएको दीपक दीपाश्री टिमको ‘छ माया छपक्कै २’ दीपेन्द्र लामाले निर्देशन गरेका छन् । दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई लगायतको मुख्य भूमिका रहेको फिल्मले सामाजिक–राजनीतिक विकृतिमाथि हास्यव्यङ्ग्य पस्कनेछन् ।दीपक–दीपाको ब्रान्ड र अघिल्लो भागको साखले गर्दा यो फिल्मलाई बक्सअफिसमा सुरक्षित मानिएको छ । फिल्मका निर्माता रोहित अधिकारी हुन् ।




.gif)



