images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • निलम्बित एआईजी दाहालमाथि छानबिनका लागि एआईजी...

निलम्बित एआईजी दाहालमाथि छानबिनका लागि एआईजी पोखरेल जाँचबुझ अधिकृत

निलम्बित एआईजी दाहालमाथि छानबिनका लागि एआईजी पोखरेल जाँचबुझ अधिकृत

images
images
मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३
  • काठमाडौँ। सशस्त्र प्रहरीका निलम्बित एआईजी वंशीराज दाहालमाथि छानबिन गर्न गृह मन्त्रालयले जाँचबुझ अधिकृत तोकेको छ। सशस्त्र प्रहरीका अर्का एआईजी अन्जनीकुमार पोखरेललाई जाँचबुझ अधिकृत तोकिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए। सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार मन्त्रालयले मानव श्रोत विभागमा कार्यरत पोखरेललाई जाँचबुझ अधिकृत तोकेको हो।

    images
    images

    पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा भेट्न गएका एआईजी दाहालले संवेदनशील सूचना चुहाएको आरोप छ। मन्त्रालयले उनलाई सोमबार निलम्बन गरेको थियो । अनुसन्धान गर्दै जाँदा एआईजी दाहालसँग झापाका बिचौलिया इनम सापकोटाको पनि ‘कनेक्सन’ देखिएको छ । चोलेन्द्रले इनमलाई प्रयोग गरेर सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका दीपक भट्ट र सुलभ अग्रवालको मुद्दामा चलखेल गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ दिल्ली जान लाग्दा असोज १४ मा इनम पक्राउ परेका थिए। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend