images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन...

पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाइने

पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाइने

images
images
मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३
  • कास्की । पोखरा महानगरपालिकाले न्युरोडस्थित आफ्नो मुख्य प्रशासनिक भवन भत्काउन शुरु गरेको छ । २०८२ भदौमा भएको आन्दोलनका क्रममा क्षति पुगेपछि लामो समयदेखि वेवारिसे अवस्थामा रहेको उक्त भवन भत्काउने जिम्मा सेसिका सप्लायर्सले पाएको छ । एक वर्षभन्दा बढी समयदेखि अलपत्र परेको पुरानो भवन हटाएसँगै महानगरपालिकाले नयाँ प्रशासनिक भवन निर्माणको प्रक्रियालाई फेरि गति दिने तयारी गरेको हो ।२०८२ को अप्रिय घटनापछि महानगरपालिकाले नयाँबजारमा मासिक ७ लाख ५४ हजार रुपैयाँ भाडा तिरेर अस्थायी रूपमा सेवा प्रवाह गरिरहेको छ । भाडाको उच्च भार कम गर्न महानगरपालिकाले नयाँ प्रशासनिक भवन निर्माणलाई प्राथमिकतामा राखेको छ । 

    images
    images

    महानगरले शुरुमा पोखरा–१७, बिरौटामा करिब २ अर्ब रुपैयाँको लागतमा सुविधासम्पन्न प्रशासनिक केन्द्र बनाउने योजना अघि सारेको थियो । तर संघीय र प्रदेश सरकारबाट पर्याप्त बजेट प्राप्त हुन नसक्नु र महानगरको आफ्नै आर्थिक स्रोतको सीमितताका कारण उक्त महत्वाकांक्षी योजना लामो समयसम्म अलपत्र परेको थियो ।योजनामा ढिलाइ भएपछि महानगरले लागत कटौती गर्दै कार्यपालिका बैठकबाट नयाँ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेको छ । अब ६५ करोड रुपैयाँको अनुमानित लागतमा भवन निर्माण अघि बढाउने तयारी छ । महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीका अनुसार नयाँ डीपीआरअनुसार अब छिट्टै निर्माण प्रक्रिया अघि बढ्नेछ ।यद्यपि, नयाँ भवन निर्माण भए पनि सबै सेवाहरू एकै स्थानबाट प्रवाह हुने छैनन् । योजनाअनुसार कृषि महाशाखा मालेपाटन र स्वास्थ्य महाशाखा साविकको लेखनाथ नगरपालिकाको भवनबाटै सञ्चालन हुने गरी व्यवस्था मिलाइएको छ । यसले सेवाग्राहीलाई कस्तो असर पार्छ भन्ने विषय अझै प्रतीक्षाको विषय बनेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend