images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • भारतमा सूर्यमुखी तेलको भन्सार घटेपछि नेपालमा...

भारतमा सूर्यमुखी तेलको भन्सार घटेपछि नेपालमा पनि दर घटाउन व्यवसायीको माग

भारतमा सूर्यमुखी तेलको भन्सार घटेपछि नेपालमा पनि दर घटाउन व्यवसायीको माग

images
images
बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • काठमाडौँ । भारतले सूर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशतले घटाएपछि नेपालतर्फ चोरी आयात हुने सम्भावना बढेको भन्दै यहाँका खाने तेल व्यवसायीहरूले नेपालमा पनि भन्सार दर घटाउन माग गरेका छन्। भारत सरकारले सेप्टेम्बर २४ देखि सूर्यमुखी तेलको कच्चा पदार्थमा लाग्दै आएको साढे १६ प्रतिशत भन्सारलाई घटाएर साढे ५ प्रतिशतमा झारेको छ।यसमा ५ प्रतिशत जीएसटी जोड्दा पनि भारतमा तयारी सूर्यमुखी तेलको लागत मूल्य करिब ११ प्रतिशत मात्र पर्ने भएकाले नेपालभन्दा सस्तो पर्ने र सीमा क्षेत्रबाट चोरी आयात बढ्ने व्यवसायीहरूको भनाइ छ। नेपालमा भने सूर्यमुखी तेलको कच्चा पदार्थमा १० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट लाग्दै आएको छ।

    images
    images

    भारतबाट हुने चोरी तस्करी नरोके र नेपालमा सूर्यमुखी तेलको कच्चा पदार्थको भन्सार नघटाए स्वदेशी उद्योगले बजारमा प्रतिस्पर्धा गर्न कठिन हुने खाने तेल व्यवसायी एवम् उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले बताए। भारत सरकारले भन्सार दर घटाएलगत्तै त्यहाँ सूर्यमुखी तेलको मूल्य प्रतिलिटर करिब १० रुपैयाँ सस्तो भएको उनले जानकारी दिए।यसैगरी भारत सरकारले कच्चा भटमास र पाम तेलको भन्सार दर पनि साढे १६ प्रतिशतबाट घटाएर साढे ११ प्रतिशत पुर्‍याएको छ। भटमास र पाम तेलमा भन्सार दरको अन्तर कम भएकाले चोरी आयातको सम्भावना नरहे पनि सूर्यमुखी तेलको दरमा आएको ठुलो गिरावटले भने नेपाली खाने तेल उद्योगहरूलाई प्रत्यक्ष प्रभाव पार्ने देखिएको व्यवसायीहरूको भनाइ छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend