काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ०.९ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७।३ प्रतिशत रहेको छ।
बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत रहेको छ। ९१ दिने अवधिको ट्रेजरी बिलको भारित औसत ब्याजदर १.३५ प्रतिशत रहेको छ।
वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३।.११ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.६८ प्रतिशत रहेको विवरणमा उल्लेख छ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कले आर्थिक वर्ष २०८३।८४ को पहिलो दुई महिनामा विप्रेषण, विदेशी मुद्रा सञ्चिति, बाह्य क्षेत्र तथा बैंकिङ क्षेत्रका सूचकमा भएको परिवर्तन देखाएको छ।





.gif)





