काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७४ सवारीसाधनमाथि कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको दैनिक विवरणअनुसार असोज २९ गते बिहान ६ बजेसम्मको अवधिमा विभिन्न कसुरमा सवारी चालकलाई कारबाही गरिएको हो।
विवरणअनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७९ जना, सिसिटिभीबाट पहिचान भएका २९ जना तथा रेड लाइट उल्लङ्घन गर्ने २४ जना कारबाहीमा परेका छन्।
त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ६० जना, हर्न निषेधको नियम उल्लङ्घन गर्ने ६ जना र लेन अनुशासन उल्लङ्घन गर्ने १६ जनामाथि कारबाही गरिएको छ।
यसैगरी, अवस्था ठिक नभएको सवारीसाधनसम्बन्धी कसुरमा ३५ जना तथा अन्य ट्राफिक नियम उल्लङ्घनका कसुरमा ४२५ जनामाथि कारबाही गरिएको विवरणमा उल्लेख छ। एकतर्फी सडकमा नियम उल्लङ्घन गरेको शीर्षकमा भने संख्या उल्लेख गरिएको छैन।
ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थापन र सडक अनुशासन कायम गर्न ट्राफिक नियमको पालना गर्न सबै सवारी चालकलाई आग्रह गरेको छ।





.gif)





