images

२०८३ आश्विन २८ गते

images
images
images
  • बजार
  • झापामा पेट्रोलियम पदार्थको अभाव छैन, आयल...

झापामा पेट्रोलियम पदार्थको अभाव छैन, आयल निगम

झापामा पेट्रोलियम पदार्थको अभाव छैन, आयल निगम

images
images
बुधवार, आश्विन २८ २०८३
बुधवार, आश्विन २८ २०८३
  • भद्रपुर (झापा), २८ असोज । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

    images
    images

    प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चाडबाडमा उपभोग्य वस्तुको माग बढ्न सक्ने भएकाले आपूर्ति व्यवस्थालाई चुस्त र व्यवस्थित बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् । उनले जिल्लामा ग्यास लगायत पेट्रोलियम पदार्थको आपूर्ति अवस्थाबारे समीक्षा गर्दै उपभोक्तालाई सहज रूपमा इन्धन उपलब्ध गराउन आवश्यक समन्वय गर्न जोड दिए।

    नेपाल आयल निगम चारआलीका प्रमुख उमेशकुमार पोखरेलका अनुसार जिल्लामा पेट्रोलियम पदार्थको अभाव छैन । झापामा दैनिक पाँच हजार ५०० सिलिन्डर ग्यासको माग रहेकामा सात हजार ६०० सिलिन्डर उत्पादन भइरहेको पराजुली ग्यास उद्योगका सञ्चालक जितबहादुर कार्कीले जानकारी दिए । पछिल्लो दुई महिनामा नियमित खपतको तुलनामा करिब ४० प्रतिशत बढी ग्यास बजारमा खपत भएको उनले बताए ।

    images
    images

    चाडबाडमा नियमित आपूर्ति सुनिश्चित गर्ने विषयमा जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार  छलफलमा सुरक्षा निकाय, आयल निगम, पेट्रोलियम डिलर्स एसोसिएसन तथा ग्यास विक्रेता सङ्घका प्रतिनिधि सहभागी थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend