images

२०८३ आश्विन २८ गते

images
images
images
  • अटो
  • दसैँअवधिभर...

दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक

दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक

images
images
बुधवार, आश्विन २८ २०८३
बुधवार, आश्विन २८ २०८३
  • बनेपा (काभ्रे), २८ असोज । नेपालीहरूको महान् चाड बडादसैँका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ ।

    images
    images

    जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फूलपातीदेखि पूर्णिमासम्म जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण रोक लगाइएको जनाएको छ ।

    जिल्ला सुरक्षा समितिको असोज २७ गते बसेको बैठकको निर्णयअनुसार असोज ३१ देखि कात्तिक ९ गतेसम्म जिल्लाभित्र टिपर सञ्चालन नगर्न÷नगराउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिए ।

    images
    images

    उनले दसैँका समयमा बिपी राजमार्ग र अरनिको राजमार्ग लगायत जिल्लाका प्रमुख सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तथा यात्रुवाहक सवारीसाधनको आवागमन सहज र सुरक्षित बनाउन उक्त निर्णय गरिएको बताए ।

    प्रशासनले तोकिएको अवधिभर टिपर सञ्चालन नगर्न।नगराउन सम्बन्धित सबैमा अनुरोधसमेत गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend