images

२०८३ आश्विन २५ गते

images
images
images
  • अटो
  • यामाहा एक्सएसआर १५५ अब देशभरका २०...

यामाहा एक्सएसआर १५५ अब देशभरका २० सहरमा उपलब्ध, मूल्य ५ लाख ३४ हजार ९०० रुपैयाँ

यामाहा एक्सएसआर १५५ अब देशभरका २० सहरमा उपलब्ध, मूल्य ५ लाख ३४ हजार ९०० रुपैयाँ

images
images
आइतवार, आश्विन २५ २०८३
आइतवार, आश्विन २५ २०८३
  • यामाहाले आफ्नो लोकप्रिय रेट्रो मोटरसाइकल ब्लु एक्सएसआर १५५ को उपलब्धता देशभर विस्तार गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रा.लि.ले एकैपटक देशका २० क्षेत्रीय सहरमा रहेका आधिकारिक डिलरमार्फत मोटरसाइकलको बिक्री तथा टेस्ट राइड सुविधा उपलब्ध गराएको हो ।काठमाडौँको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो तथा यामाहा ब्लु फेस्टमा सकारात्मक प्रतिक्रिया पाएपछि कम्पनीले क्षेत्रीय बजारमा पनि मोटरसाइकलको पहुँच विस्तार गरेको जनाएको छ । यससँगै ग्राहकले आफ्नो नजिकैको आधिकारिक यामाहा डिलरमा पुगेर मोटरसाइकल अवलोकन गर्न, टेस्ट राइड लिन र बुकिङ गर्न सक्नेछन् ।

    images
    images

    रेट्रो डिजाइन र आधुनिक प्रविधिको संयोजन रहेको ब्लु एक्सएसआर १५५ मा भीभीए (VVA) प्रविधिसहितको १५५ सीसी लिक्विड-कुल्ड इन्जिन जडान गरिएको छ । यसमा ६-स्पिड गियर ट्रान्समिसन रहेको छ, जसले दैनिक आवतजावतदेखि लामो दूरीको यात्रासम्म सन्तुलित प्रदर्शन र सहज राइडिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।मोटरसाइकल निलो, ग्रे र रातो रङमा उपलब्ध छ । ग्राहकको रुचिलाई ध्यानमा राख्दै कम्पनीले थप स्टाइलका विकल्पसमेत बजारमा ल्याएको जनाएको छ । यसको मूल्य ५ लाख ३४ हजार ९०० रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार नयाँ भेरियन्ट थप किफायती मूल्यमा उपलब्ध गराइएकाले रेट्रो शैलीका मोटरसाइकल खोज्ने ग्राहकलाई छनोटको थप अवसर मिल्नेछ ।

    क्षेत्रीय बजारमा विस्तारबारे बोल्दै एमएडब्लू राइड्स प्रा.लि.का कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले एक्सएसआर १५५ प्रति ग्राहकको प्रतिक्रिया उत्साहजनक रहेको बताए ।उनले भने, “हामीले एक्सएसआर १५५ मा निकै सकारात्मक प्रतिक्रिया पाएका छौँ र राइडरहरूले थप रङका विकल्पको माग गरिरहनुभएको थियो । ब्लु एक्सएसआरलाई क्षेत्रीय बजारमा प्रत्यक्ष रूपमा उपलब्ध गराउनु हाम्रा लागि महत्त्वपूर्ण कदम हो । क्षेत्रीय ग्राहकलाई थप विकल्प र उत्कृष्ट अनुभव प्रदान गर्न हामी प्रतिबद्ध छौँ ।”कम्पनीका अनुसार क्षेत्रीय बजारमा मोटरसाइकलको उपलब्धता विस्तार गर्नुको उद्देश्य स्थानीय राइडरसँगको सम्बन्ध थप बलियो बनाउनु र देशभर एक्सएसआर १५५ प्रयोगकर्ताको समुदाय विस्तार गर्नु हो । ब्लु एक्सएसआर १५५ का लागि टेस्ट राइड तथा बुकिङ सुविधा देशभरका सम्बन्धित आधिकारिक यामाहा डिलरमा खुला गरिएको छ ।

    images
    images

    एमएडब्लू राइड्स प्रा.लि.बारे

    एमएडब्लू राइड्स प्रा.लि. नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक हो । कम्पनीले देशभरका ग्राहकलाई गुणस्तरीय मोबिलिटी सेवा, प्राविधिक नवप्रवर्तन र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend