images

२०८३ आश्विन २० गते

images
images
images
  • अटो
  • भाटभटेनीमा किनमेल गर्ने दुई ग्राहकले जित्नेछन्...

भाटभटेनीमा किनमेल गर्ने दुई ग्राहकले जित्नेछन् टाटा पन्च ईभी

भाटभटेनीमा किनमेल गर्ने दुई ग्राहकले जित्नेछन् टाटा पन्च ईभी

images
images
मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३
  • काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केट र टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेका छन् । योजनाअन्तर्गत भाटभटेनीमा किनमेल गर्ने ग्राहकले दुईवटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर पाउनेछन् ।योजनाअनुसार भाटभटेनीका देशभरका कुनै पनि स्टोरबाट एकपटकमा २ हजार ५०० रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन सक्नेछन् । खरिदको बिलका आधारमा योजनामा सहभागी हुने ग्राहकबाट लक्की ड्रमार्फत एक जना विजेता छनोट गरी नयाँ टाटा पन्च ईभी प्रदान गरिने कम्पनीले जनाएको छ ।

    images
    images

    त्यस्तै, भाटभटेनीमा नेपाल पे क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकले पनि अर्को नयाँ टाटा पन्च ईभी जित्ने अवसर पाउनेछन् । यसरी दशैं, तिहार र छठलाई लक्षित योजनामार्फत दुई जना भाग्यशाली ग्राहकले टाटा पन्च ईभी जित्न सक्नेछन् ।कम्पनीका अनुसार नयाँ टाटा पन्च ईभी आधुनिक विद्युतीय एसयूभी हो । ‘एक्टि.ईभी’ प्लेटफर्ममा आधारित यस गाडीमा ३२ किलोवाट आवर र ४० किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन् । नेपालका सडकमा गरिएको परीक्षणअनुसार एकपटक पूर्ण चार्ज गर्दा यसले ३०० देखि ३२५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।गाडीमा १९५ एमएम ग्राउन्ड क्लियरेन्स, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट सिस्टम तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसलगायतका सुविधा रहेको कम्पनीले जनाएको छ ।

    नेपालभर रहेका टाटा मोटर्सका २० वटा शोरुमसँगै भाटभटेनीका २८ वटा स्टोरमा पनि टाटा गाडीबारे जानकारी लिन सकिने कम्पनीले जनाएको छ । चाडपर्वको अवसरमा भाटभटेनीमा किनमेल गर्ने टाटा गाडीका ग्राहकले थप सरप्राइजसमेत पाउने कम्पनीको भनाइ छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend