images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • चाडपर्व लक्षित सुरक्षा योजना : कैलालीमा...

चाडपर्व लक्षित सुरक्षा योजना : कैलालीमा १ हजार १४६ प्रहरी परिचालन

चाडपर्व लक्षित सुरक्षा योजना : कैलालीमा १ हजार १४६ प्रहरी परिचालन

images
images
मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३
  • धनगढी । बडादसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरेर कैलालीमा १ हजार १४६ जना प्रहरी परिचालन गरिएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार संवेदनशीलता र जोखिमका आधारमा प्रहरी जनशक्ति विभिन्न स्थानमा परिचालन गरिनेछ।मोबाइल तथा पैदल गस्ती, पिकेट, सादा पोशाक, क्विक रेस्पोन्स टिम (क्यूआरटी), स्ट्राइकिङ तथा रिजर्भ टोलीसमेत परिचालन गरिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।उनका अनुसार चाडपर्वका समयमा बजार, मुख्य सडक, सार्वजनिक स्थल, बैंक तथा वित्तीय संस्था, व्यापारिक क्षेत्र, बसपार्कलगायत भीडभाड हुने स्थानमा नियमित तथा आकस्मिक गस्ती बढाइनेछ। सम्भावित आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यकताअनुसार तत्काल प्रहरी परिचालन गरिनेछ।

    images
    images

    जिल्लाका संवेदनशील तथा प्रवेश–निकास क्षेत्रमा नियमित र आकस्मिक चेकजाँचको व्यवस्था मिलाइएको छ। भारतसँग जोडिएका सीमा क्षेत्रमा चोरी, तस्करी, लागुऔषध तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणका लागि विशेष निगरानी गरिने प्रहरीले जनाएको छ।चाडपर्वमा घर फर्किने तथा बाहिर जाने यात्रुको सहजता र सुरक्षाका लागि कैलालीका १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। सहायता कक्षमार्फत यात्रुलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउनुका साथै हराएका वा छुटेका बालबालिका तथा अन्य व्यक्तिको खोज तथा उद्धारमा समेत समन्वय गरिनेछ।अत्यधिक सवारी चाप र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीसँगको समन्वयमा चेकजाँच तथा सडक सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइनेछ। सवारी साधनको अवस्था, चालकले मादक पदार्थ तथा लागुऔषध सेवन गरे–नगरेको र तीव्र गतिलगायत विषयमा निगरानी गरिनेछ।

    बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, सहकारी, व्यापारिक प्रतिष्ठान तथा बढी आर्थिक कारोबार हुने क्षेत्रमा पनि विशेष सुरक्षा निगरानी गरिने प्रहरीले जनाएको छ। चोरी, लुटपाट तथा पाकेटमारी नियन्त्रणका लागि सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ।जुवातास, अवैध मदिरा, लागुऔषध, चोरी, लुटपाटलगायत गैरकानुनी गतिविधि नियन्त्रणका लागि विशेष निगरानी बढाउनुका साथै आवश्यक कानुनी कारबाही गरिनेछ। मन्दिर, धार्मिक स्थल, मेला, बजार तथा अन्य भीडभाड हुने स्थानमा आवश्यक प्रहरी परिचालन गरी स्थानीय तह र आयोजकसँगको समन्वयमा भीड व्यवस्थापन गरिनेछ।महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा जोखिममा रहेका व्यक्तिको सुरक्षालाई पनि प्रहरीले प्राथमिकतामा राखेको छ। आगलागी, सडक दुर्घटना, प्राकृतिक विपद् तथा अन्य आकस्मिक घटनामा तत्काल परिचालन हुन सक्ने गरी आवश्यक जनशक्ति र समन्वयको व्यवस्था मिलाइएको छ।सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन स्थानीय तह, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा अन्य सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend