images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • हिउँ पन्छाएर खुलाइयो थोरङला पास पदमार्ग,...

हिउँ पन्छाएर खुलाइयो थोरङला पास पदमार्ग, पदयात्रा सहज

हिउँ पन्छाएर खुलाइयो थोरङला पास पदमार्ग, पदयात्रा सहज

images
images
मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३
  • मुस्ताङ। अन्नपूर्ण चक्रीय पदमार्गको हिउँ पन्छ्याइएको छ । मुक्तिनाथ होटल एसोसिएसनको पहलमा मनाङ–मुस्ताङ जोड्ने अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्ग थोरङला पासको सोमबार २० व्यक्तिले हिउँ पन्छाएपछि खुलेको हो ।लमजुङको बेँसी सहरदेखि मनाङ हुँदै विदेशी पर्यटकहरु थोरङला पास पदयात्रा गर्दै मुक्तिनाथ आइपुग्छन् । मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले मनाङ–मुस्ताङ जोड्ने थोरङला पास पदमार्ग बाक्लो हिउँ पन्छ्याएर पदयात्रा सहज पारिएको बताए ।

    images
    images

    असोज ८ देखि ११ गतेसम्मको भारी हिमपातले थोरङला पास पदमार्ग पूर्ण रुपमा अवरुद्ध हुँदा पर्यटक आवागमन बन्द भएको थियो ।अक्टोबरदेखि नोभेम्बरसम्म पर्यटकले साहसिक पदयात्रा गर्ने उपयुक्त स्थान थोरङला पासनै हो । मनाङ–मुस्ताङ अन्नपूर्ण चक्रीय पदमार्गमा बर्सेनि पाँच महिना मात्रै पर्यटकीय पदयात्रा हुने गर्छ ।विश्वकै प्रख्यात पदमार्गको रुपमा स्थापित राउन्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङला पास पदमार्ग विदेशी पर्यटक साहसिक पदयात्रा गर्न रुचाउँछन् । मनाङबाट थोरङला पासको यात्रा गर्दै मुस्ताङ आउन पदयात्रामा कुनै समस्या नहुने मुक्तिनाथ होटल एसोसिएसनले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend