images

२०८३ आश्विन १९ गते

images
images
images
  • अटो
  • फोटोन नेपालले पेप्सीकोलामा नेपालकै ठूलो इभीकमर्सियल...

फोटोन नेपालले पेप्सीकोलामा नेपालकै ठूलो इभीकमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याउँदै

फोटोन नेपालले पेप्सीकोलामा नेपालकै ठूलो इभीकमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याउँदै

images
images
सोमवार, आश्विन १९ २०८३
सोमवार, आश्विन १९ २०८३
  • काठमाडौं, १९ असोज २०८३। एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रा. लि. ले नेपालमा विगत लामो समय देखि फोटोन ब्राण्डका विभिन्न कमर्सियल सवारीसाधन बिक्री गर्दै आइरहेको छ । बिक्रीपछिको सेवालाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले कम्पनीले नेपालमा अहिले इभीकमर्सियल क्षेत्रमा सबैभन्दा ठूलो व्यवस्थित र अत्याधुनिक सुविधा सहितको सर्भिस सेन्टर स्थापना गर्न लागेको छ । यसबाट ग्राहकलाई सहज, प्रभावकारी र भरपर्दो सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ । काठमाडौंको पेप्सीकोला क्षेत्रमा नेपालकै ठूलो यस इभीकमर्सियल सर्भिस सेन्टर आधुनिक पूर्वाधार, अत्याधुनिक सर्भिस उपकरण तथा पर्याप्त सेवा क्षमता सहित निर्माण भइरहेको छ । सर्भिस सेन्टरमा फोटोनका अन्तर्राष्ट्रिय संस्थाबाट तालिम प्राप्त दक्ष प्राविधिक तथा इन्जिनियरहरूको टोली रहनेछन् । सर्भिस विस्तारसँगै फोटोन ब्राण्डले ग्राहकलाई भरपर्दो बिक्री पछिको सेवा र जेन्युइन पाट्र्स को उपलब्धताका साथै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
     
    बिक्रीपछिको सेवामा नवीन पहल

    images
    images

    पेप्सीकोलामा स्थापना भइरहेको नयाँ सर्भिस सेन्टरलाई फोटोनका सवारीसाधन बिक्रीपछिको सेवा, जेन्युइन पाट्र्स  उपलब्धता, ब्याट्री परिक्षण तथा नियमित मर्मत सम्भार र ड्राइभर तथा प्राविधि कतालिम एउटै स्थानबाट उपलब्ध हुने गरी विशाल सर्भिस सेन्टरको अवधारणालाई मध्यनजर गर्दै सर्भिस सेन्टर तयार गरिएको छ ।गुणस्तरीय सेवा कायम राख्दै छिटो र प्रभावकारी रुपमा सवारी साधनको मर्मत सम्भार सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ । फोटोन मोटर नेपालका प्रमुख कार्यकारी अधिकृत डा. अनिलकुमार बरालले भन्नुभयो “बिक्रीपछिको गुणस्तरीय सेवा हाम्रो पहिलो प्राथमिकता हो । सवारी साधन बिक्री गर्नु मात्र हाम्रो जिम्मेवारी होइन। हरेक फोटोनका ग्राहकले आफ्नो सवारी साधनका लागि गुणस्तरीय सेवा, जेन्युइन पाट्र्स  र व्यावसायि क्राविधिक सहयोग सहज रूपमा प्राप्त गर्न सकून् भन्ने हाम्रो उद्देश्यहो ।”

    विशेषज्ञ प्राविधिक सेवा र जेन्युइन पार्टपुर्जाको सुनिश्चितता

    images
    images

    नयाँ सर्भिस सेन्टर, नेपालमा उपलब्ध फोटोनका विभिन्न सवारीसाधनलाई प्रभावकारी रूपमा सेवा दिन सक्ने आधुनिक जाँच तथा मर्मत प्रणालीले सुसज्जित हुनेछ । फोटोन अन्तर्राष्ट्रिय संस्थाबाट तालिम तथा प्रमाणपत्र प्राप्त प्राविधिक तथा इन्जिनियरहरूको टोलीले कम्पनीले निर्धारण गरेका सेवा मापदण्ड अनुसार सवारीसाधनको निरीक्षण, मर्मतसम्भार, प्राविधिक जाँच तथा आवश्यक मर्मत कार्य गर्नेछ ।सर्भिस सेन्टरमा फोटोनका सवारीसाधन जेन्युइन पाट्र्स पर्याप्त मात्रामा उपलब्ध हुने गरी सुरक्षित तथा व्यवस्थित रूपमा राखिनछ । आवश्यक पाट्र्स सहजै उपलब्ध हुँदा मर्मतसम्भार काक्रम मा हुने अनावश्यक ढिलाइ कमहुने, सवारीसाधन छिटो मर्मत भई ग्राहकलाई समयमै दिन सकिने तथा लामो समयसम्म सवारी साधन सञ्चालनमा नआउँदा हुने असुविधा र व्यावसायिक क्षति न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।ढिलाइ कम हुनुका साथै सवारीसाधन सर्भिस सेन्टरमा लाग्ने समय पनि घट्ने अपेक्षा गरिएको छ ।

    नेपालभर फोटोनको बिक्रीपछिको सेवाविस्तार

    फोटोनको हाल नेपालभर २१ वटा सर्भिस सेन्टर तथा सर्भिस टच प्वाइन्ट रहेको छ । यसले ग्राहकको पहुँचमा गुणस्तरीय बिक्री पछिको सेवा पुर्‍याउने कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ । राष्ट्रव्यापी विस्तार योजन अन्तर्गत फोटोनले सन् २०२६ को अन्त्य सम्मपूर्वदेखि पश्चिम नेपालका प्रमुख मार्गहरूमा प्रत्येक १०० किलोमिटरको दूरीभित्र फोटोनको टच प्वाइन्ट उपलब्ध गराउने लक्ष्य राखेको छ ।ग्राहकलाई देशका विभिन्न स्थानमा सहज रूपमा गुणस्तरीय सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले फोटोनले आफ्नो सेवा सञ्जाल विस्तारलाई प्राथमिकता दिएको जनाएको छ ।पेप्सीकोलामा सञ्चालनमा आउन लागेको नयाँ सर्भिस सेन्टर फोटोनको बिक्रीपछिको सेवा पूर्वाधार विस्तारमा गरिएको महत्वपूर्ण लगानीका रूपमा रहेको कम्पनीले जनाएको छ । नयाँ सर्भिस सेन्टरले ग्राहकलाई थप सहज र प्रभावकारी सेवा उपलब्ध गराउनुका साथै उनीहरूसँग दीर्घकालीन सम्बन्ध कायम गर्ने कम्पनीको प्रतिबद्धतालाई समेत थपबलियो बनाउने अपेक्षागरिएको छ ।सञ्चालनमा आएपछि उक्त सर्भिस सेन्टरले काठमाडौं उपत्यकाकाफोटोन ग्राहकलाई थपप्रभावकारी सेवाउपलब्ध गराउनुका साथै कम्पनीको राष्ट्रव्यापी बिक्रीपछिको सेवालाई थपमजबुतबनाउने अपेक्षागरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend