काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । साताको पहिलो दिन सुनको मूल्य ८०० रुपैयाँ र चाँदीको मूल्य ३५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य तोलाको २ लाख ९५ हजार ७०० रुपैयाँ रहेको थियो । त्यस्तै चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर तोलाको ४ हजार ४४० रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य तोलाको ४ हजार ४०५ रुपैयाँ पुगेको छ ।




.gif)



