images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढी प्रभावित ४ हजार १०८...

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले नगद सहायता

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले नगद सहायता

images
images
बुधवार, आश्विन २८ २०८३
बुधवार, आश्विन २८ २०८३
  • काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरधुरीलाई सरकारले प्रतिघरधुरी ४५ हजार रुपैयाँका दरले नगद सहायता वितरण गरेको छ।

    images
    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विकास साझेदार विश्व खाद्य कार्यक्रम डब्लुएफपी ले उपलब्ध गराएको नगद सहयोग स्थानीय तहसँगको समन्वयमा वितरण गरिएको हो। राहत वितरणमा दोहोरोपना हुन नदिन सरकारले एकद्वार प्रणाली अपनाएको जनाएको छ।

    रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी तीन जिल्लाका कुल ११ वटा स्थानीय तहमा पहिचान गरिएका बाढी प्रभावित घरपरिवारलाई उक्त रकम उपलब्ध गराइएको हो।

    images
    images

    प्रमाणीकरण बाँकी घरधुरीलाई तीन दिनभित्र सहायता

    सरकारका अनुसार तथ्यांक प्रमाणीकरण हुन बाँकी रहेका करिब १ हजार ४०० घरधुरीलाई पनि तीन दिनभित्र नगद सहायता वितरण गरिसक्ने तयारी छ। स्थानीय तहले पहिचान गरेका लाभग्राहीको विवरण प्रमाणीकरण गरी राहत वितरणको काम अघि बढाइएको कार्यालयले जनाएको छ।

    गत असोज २३ गते केन्द्रसहित रसुवा, नुवाकोट र धादिङका मनसुन प्रतिकार्य कमाण्ड पोष्टहरूको संयुक्त बैठकले विपद् प्रभावित घरधुरीको पहिचान, प्रमाणीकरण तथा शीघ्र पुनर्लाभसम्बन्धी काम व्यवस्थित गर्ने निर्णय गरेको थियो।

    दोहोरो नपर्ने गरी राहत वितरण गरिने

    रेडक्रससहित अन्य विकास साझेदार संस्थाहरूले पनि बाढी प्रभावितलाई नगद सहयोग गर्न चाहेकाले सरकारले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ अनुसार सहायता वितरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

    राहत वितरणमा कुनै पनि प्रभावित परिवार नछुट्ने र एउटै परिवारले दोहोरो सहायता नपाउने व्यवस्था मिलाउन स्थानीय तह तथा अन्य सम्बद्ध निकायलाई निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

    यसैबीच, बाढी प्रभावित परिवारको दीर्घकालीन पुनर्स्थापना तथा व्यवस्थापनका लागि पनि सरकारले काम तीव्र पारेको जनाएको छ। प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उनीहरूको पुनर्लाभ र पुनर्स्थापनालाई व्यवस्थित बनाउने प्रयास भइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend