images

२०८३ कार्तिक ३ गते

images
images
images

चार दिन काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित

चार दिन काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित

images
images
सोमवार, कार्तिक ३ २०८३
सोमवार, कार्तिक ३ २०८३
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले दसैँका बेला कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जनाएको छ ।

    images
    images

    महानगरपालिकाका अनुसार दसैँको मुख्य पर्वका अवसरमा सफाइ कर्मचारीहरू पनि चाडपर्व मनाउन जाने भएकाले उक्त अवधिमा फोहोर व्यवस्थापनमा असर पर्ने भएको हो ।

    कामपा वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले कात्तिक १ गतेदेखि चार दिनसम्म उत्पादन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर छुट्टाछुट्टै राख्न सर्वसाधारणलाई अनुरोध गरेकी छन् ।

    images
    images

    महानगरपालिकाले उक्त अवधिबाहेक अन्य दिनमा भने फोहोर व्यवस्थापनको काम नियमित रूपमा सञ्चालन हुने जनाएको छ ।

    दसैँका बेला फोहोर व्यवस्थापनमा पर्न सक्ने असहजतालाई ध्यानमा राख्दै महानगरपालिकाले घर तथा व्यवसायबाट निस्कने फोहोर स्रोतबाटै वर्गीकरण गरी व्यवस्थापनमा सहयोग गर्न नगरवासीलाई आग्रह गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend