images

२०८३ कार्तिक ३ गते

images
images
images
  • समाचार
  • आजको राशिफलः २०८३ कार्तिक ०२  गते...

आजको राशिफलः २०८३ कार्तिक ०२  गते सोमवार

आजको राशिफलः २०८३ कार्तिक ०२  गते सोमवार

images
images
सोमवार, कार्तिक ३ २०८३
सोमवार, कार्तिक ३ २०८३
  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    images
    images

    व्यक्तिगत कुराहरू विश्वासयोग्य व्यक्तिसँग मात्र साझा गर्नु बुद्धिमानी हुनेछ। करियर निर्माणलाई ध्यानमा राखेर नयाँ सीप विकासतर्फ ध्यान दिनुहोस्। आज संवाद र महत्त्वपूर्ण निर्णयका लागि दिन अनुकूल रहेको छ। आजको शुभ रंग सिन्दूरी हो भने शुभ अंक ९ रहेको छ।

    वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    images
    images

    ​आर्थिक कारोबारमा पूर्ण स्पष्टता राख्नुहोला। पारिवारिक आनन्द प्राप्तिका लागि आपसी छलफललाई प्राथमिकता दिनुहोस्। कागजी काम र व्यावसायिक साझेदारीको लागि शुभ योग रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा

    निर्णय लिनुअघि तथ्य बुझ्ने बानी बसाल्नुहोस्। अध्ययन तथा लेखन क्षेत्रमा प्रगति हुनेछ। खानपानमा विशेष सावधानी अपनाउनु होला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    ​महत्त्वपूर्ण कागजातहरूको सुरक्षामा ध्यान दिनुहोस्। आर्थिक स्थिरता आउनेछ। घर परिवारमा शान्ति कायम रहनेछ। सिर्जनात्मक काममा रुचि बढ्नेछ। आजको शुभ रंग चाँदी जस्तो सेतो हो भने शुभ अंक ९ रहेको छ।

    सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    ​अनावश्यक विवादबाट टाढा रही आफ्ना प्राथमिकता अनुसार जीवनलाई अघि बढाउने प्रयास गर्नुहोस्। प्रेम जीवनमा मिठास छाउनेछ। आत्मविश्वास बढ्नाले ठूला निर्णय लिन सहज हुनेछ। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक १ रहेको छ।

    कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    ​दीर्घकालीन लक्ष्यलाई ध्यानमा राखेर नयाँ योजनाहरू सुरु गर्ने दिन हो। सहकर्मीहरूको सहयोगले कठिन कामहरू सहज बन्नेछन्। अध्ययन अध्यापनमा प्रगति हुनेछ। आजको शुभ रंग कलोजी हो भने शुभ अंक ५ रहेको छ।

    तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    ​पारिवारिक भेटघाट र सम्बन्ध सुधारका लागि आजको दिन निकै राम्रो छ। सामाजिक कार्यमा सहभागिता बढ्नेछ। दाम्पत्य जीवनमा मधुरता छाउनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

    वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    ​भविष्यका योजनाहरू गोप्य राखेर मात्र अघि बढाउनुहोस्। लगानीका क्षेत्रबाट राम्रो मुनाफा मिल्ने योग बनेको छ। मानसिक शान्ति प्राप्त हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

    धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    ​परिवारको भावना बुझ्ने बानीले ठूलो जीम्मेवारी दिलाउनेछ। धार्मिक तथा आध्यात्मिक कार्यसँगै सीप विकासतर्फ मन जानेछ। अध्यापकहरुका लागि समय अनुकूल रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    व्यापारिक यात्रा सफल हुनुका साथै सम्बन्धित विषयवस्तु निर्माणका नयाँ अवसर देखिनेछन्। पुराना विवादहरूबाट छुटकारा मिल्नेछ। स्वास्थ्यमा सामान्य ध्यान दिनुहोला। आजको शुभ रंग नीलो हो भने शुभ अंक ८ रहेको छ।

    कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    ​नयाँ साथीहरूसँगको भेट र व्यावसायिक छलफलले मन प्रफुल्लित हुनेछ। व्यक्तिगत स्वतन्त्रताको सदुपयोग गर्दै सिर्जनात्मक काममा सफलता मिल्नेछ। परिवारको सहयोगले आँटेका काम पूरा हुनेछन्। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ५ रहेको छ।

    मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    वैदेशिक क्षेत्र वा टाढाको यात्रासँग काममा सफलता मिल्नेछ। मान्यजनबाट विशेष सहयोग प्राप्त भएर स्फूर्ति बढ्नेछ। मनमा सकारात्मक सोच भरिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

    तपाईँको दिन शुभ रहोस् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend