images

२०८३ कार्तिक ३ गते

images
images
images
  • समाचार
  • झलनाथ खनाल अस्पताल भर्ना, स्वास्थ्य अवस्था...

झलनाथ खनाल अस्पताल भर्ना, स्वास्थ्य अवस्था बुझ्न पुगे ओली

झलनाथ खनाल अस्पताल भर्ना, स्वास्थ्य अवस्था बुझ्न पुगे ओली

images
images
सोमवार, कार्तिक ३ २०८३
सोमवार, कार्तिक ३ २०८३
  • काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्य अवस्था बुझ्न नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ह्याम्स अस्पताल पुगेका छन् ।

    images
    images

    खनाल आइतबार काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका हुन् । उनको मुटुमा समस्या देखिएको भए पनि स्वास्थ्य अवस्था सामान्य रहेको खनालको सचिवालयले जनाएको छ ।

    खनाल अस्पताल भर्ना भएको जानकारी पाएपछि एमाले अध्यक्ष ओली अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । सो क्रममा ओलीले खनालको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

    images
    images

    स्वास्थ्यमा समस्या देखिएपछि खनाल पछिल्लो समय पार्टीका केही गतिविधिमा सहभागी हुन सकेका थिएनन् । असोज २३ गते नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकमा पनि उनी अनुपस्थित भएका थिए । त्यतिबेला उनको सचिवालयले स्वास्थ्य समस्याका कारण बैठकमा सहभागी हुन नसकेको जनाएको थियो ।

    खनाल नेपाली कम्युनिस्ट आन्दोलनका अनुभवी नेता हुन् । उनी नेकपा एमालेका पूर्वअध्यक्ष समेत हुन् । उनले २०६७ सालदेखि २०६८ सालसम्म नेपालको प्रधानमन्त्रीका रूपमा सरकारको नेतृत्व गरेका थिए ।

    हाल ह्याम्स अस्पतालमा उपचाररत खनालको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक भएको छैन ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend