काठमाडौं । पोर्चुगिज फुटबल महासंघ (एफपीएफ) ले राष्ट्रिय टोलीको शिविर छाडेको घटनालाई लिएर कप्तान क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको निलम्बन र २५५ युरो जरिवाना गरेको छ।
बीबीसीका अनुसार प्रशिक्षक जर्ज जिससले आफ्नो वचन तोडेको र विश्वास उल्लंघन गरेको आरोप लगाउँदै रोनाल्डोले राष्ट्रिय टोलीको शिविर छाडेका थिए। उक्त घटनापछि महासंघको अनुशासन समितिले उनीमाथि कारबाही गरेको हो।
अनुशासन समितिले रोनाल्डोले आफ्नो गल्तीप्रति पश्चात्ताप व्यक्त गर्नुका साथै टोलीका साथीहरू र समर्थकसँग माफी मागेको पक्षलाई पनि ध्यानमा राखेको जनाएको छ। डेनमार्क विरुद्धको खेलको दिनदेखि लागू भएको प्रतिबन्ध उनले अधिकांश समय पूरा गरिसकेका छन्।
यसैबीच, पोर्चुगल फुटबल महासंघका अध्यक्ष पेड्रो प्रोएन्काले विवाद समाधान भइसकेपछि रोनाल्डोलाई राष्ट्रिय टोलीमा पुनः फर्काउने इच्छा व्यक्त गरेका छन्।
रोनाल्डोले पोर्चुगलका लागि २३४ खेल खेल्दै १४६ गोल गरेका छन्। उनी अन्तर्राष्ट्रिय पुरुष फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। पोर्चुगललाई सन् २०१६ को युरोपेली च्याम्पियनसिप (युरो) र दुई पटक यूईएफए नेसन्स लिगको उपाधि जिताउन उनले महत्त्वपूर्ण योगदान दिएका छन्।




.gif)





