images

२०८३ कार्तिक ४ गते

images
images
images
  • बैंक वित्त
  • सांग्रिला डेभलपमेन्ट बैंक र बृहत इन्भेष्टमेन्टबिच...

सांग्रिला डेभलपमेन्ट बैंक र बृहत इन्भेष्टमेन्टबिच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र बृहत इन्भेष्टमेन्टबिच सम्झौता

images
images
मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • काठमाडौं ,४ मंसिर।सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र कुपण्डोल ललितपुरमा स्थित बृहत इन्भेष्टमेन्टबिच आज मिति २०८१।०८।०४ का दिन व्यवसायिक सम्झौता भएको छ।कुनै पनि व्यक्तिले बृहत इन्भेष्टमेन्ट प्रा.लि. द्वारा संचालित चापागाँउ परियोजना अन्तर्गतका घररजग्गाा खरिद गर्न चाहेको खण्डमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सो खरिदकर्तालाई सहज तरिकामा कर्जा उपलब्ध गराउने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ।

    images
    images

    घर।जग्गाा खरिद गर्न अधिकतम ४० वर्ष सम्मको समयावधीका लागि अधिकतम कर्जा रकम  २ करोड सम्म उपलब्ध गराइनेछ । कर्जाको ब्याज दर ९.९९५ तोकिएको र पहिलो ७ वर्ष सम्मको लागि ब्याजदर स्थिर रहने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ । बैंकले आम ग्राहकहरुलाई घररजग्गाा खरिद गर्न झन्झट रहित, सहज र सरल कर्जा सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    सम्झौतामा बैंकको तर्फबाट काठमाडौं क्लस्टर प्रमुख श्री सुप्रिया श्रेष्ठ र बृहत इन्भेष्टमेन्ट प्रा.लिको तर्फबाट कार्यकारी निर्देशक श्री पूर्णिमा राजभण्डारीले हस्ताक्षर गरेका छन् । यस सम्झौताले आम ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । 

    images
    images

    बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend