images

२०८३ कार्तिक ४ गते

images
images
images

शोधनान्तर स्थिति १ खर्ब ८५ अर्ब बचतमा

शोधनान्तर स्थिति १ खर्ब ८५ अर्ब बचतमा

images
images
मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिना (साउन–असोज) मा शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्ष यसै महिना शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ६६ करोड बचतमा थियो ।

    images
    images

    आयात बढ्न नसक्नु, रेमिट्यान्स आप्रवाह अहिलेसम्मकै उच्च हुनुसहित कारण शोधनान्तर स्थिति बचतमा रहेको देखिन्छ । यसले चालु खातासमेत बचतमा छ ।

    मुलुकबाट बाहिरिने रकमको तुलनामा भित्रिने रकम धेरै हुँदाभन्दा शोधनान्तर स्थिति बचतमा जान्छ । अमेरिकी डलरमा शोधनान्तर स्थिति १ अर्ब ३८ करोड छ । अघिल्लो आव ७६ करोड ६८ लाख डलर बचतमा थियो ।

    images
    images

    यस अवधिमा चालु खाता १ खर्ब ११ अर्ब ८७ करोड रुपैयाँ बचतमा देखिन्छ । अघिल्लो आव सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा चालु खाता ८३ करोड ४० लाख बचतमा छ । अघिल्लो वर्ष ४४ करोड ९४ लाख डलर बचतमा थियो ।

    समीक्षा अवधिमा खुद पूँजीगत ट्रान्सफर २ अर्ब रुपैयाँ कायम भएको छ । प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ४ अर्ब ८१ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्षको तुलनामा यी दुवै बढेको अवस्था हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend