images

२०८३ कार्तिक ४ गते

images
images
images

३ महिनामा वाणिज्य बैंकहरुबाट ८४ अर्ब शेयर कर्जा प्रवाह

३ महिनामा वाणिज्य बैंकहरुबाट ८४ अर्ब शेयर कर्जा प्रवाह

images
images
सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • काठमाडौँ ।  चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज) सम्म वाणिज्य बैंकहरुले करिब सवा ८४ अर्ब रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन्।

    images
    images

    नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकमध्ये १९ वटाले ८४ अर्ब २१ करोड ४ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका हुन्। जुन अघिल्लो वर्षको तुलनामा ३२.९७ प्रतिशतले बढी हो ।  अघिल्लो वर्ष यही अवधिसम्म १९ वटा वाणिज्य बैंकले ६३ अर्ब ३३ करोड २३ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका थिए ।  

    समीक्षा अवधिसम्म सबैभन्दा बढी शेयर कर्जा प्रवाह गर्नेमा नबिल बैंक रहेको छ। यो बैंकले चालु आर्थिक वर्षको असोजसम्म १० अर्ब ९६ करोड ४४ लाख रुपैयाँ सेयर कर्जा गरेको छ ।  दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। यो बैंकले समीक्षा अवधिमा १० अर्ब ७३ करोड ९८ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ ।

    images
    images

    त्यस्तै, समीक्षा अवधिसम्ममा सिद्धार्थ बैंकले ७ अर्ब ७३ करोड ९ लाख, कुमारी बैंकले ७ अर्ब ७३ करोड ७१ लाख, नेपाल बैंकले ७ अर्ब ५३ करोड ५९ लाख, सिटिजन्स बैंकले ५ अर्ब ५७ करोड ३२ लाख, प्राइम बैंकले ५ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब १४ करोड २० लाख , लक्ष्मी सनराइज बैंकले ४ अर्ब १० करोड ४३ लाख , प्रभु बैंकले ३ अर्ब ६४ करोड ४४ लाख, नेपाल इन्भेस्टमेन्ट बैंकले ३ अर्ब ८ करोड ५८ लाख, एनआईसी एसिया बैंकले २ अर्ब ९४ करोड ९० लाख, एभरेष्ट बैंकले २ अर्ब १२ करोड ५८ करोड र सानिमा बैंकले १ अर्ब ९१ करोड १२ लाख, हिमालयन बैंकले १ अर्ब ७८ करोड ३४ लाख , कृषि विकास बैंकले १ अर्ब ६७ करोड ९६ लाख , एनएमबि बैंकले १ अर्ब ६२ करोड ३८ लाख, माछापुच्छ्रे बैंकले ९० करोड र नेपाल एसबीआई बैंकले ४५ करोड ३६ लाख सेयर कर्जा प्रवाह गरेका छन् । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend