images

२०८३ कार्तिक २९ गते

images
images
images
  • अन्य
  • रास्वपा उच्चस्तरीय टोली चीन भ्रमणमा जाँदै,...

रास्वपा उच्चस्तरीय टोली चीन भ्रमणमा जाँदै, सुशासन र आर्थिक विकासबारे छलफल हुने

रास्वपा उच्चस्तरीय टोली चीन भ्रमणमा जाँदै, सुशासन र आर्थिक विकासबारे छलफल हुने

images
images
शुक्रवार, कार्तिक २७ २०८३
शुक्रवार, कार्तिक २७ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को १९ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल यही कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाने भएको छ ।

    images
    images

    चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल चीन जान लागेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।

    भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षा अनुसारको राजनीतिक नेतृत्वलगायतका विषयमा अनुभव आदानप्रदान र छलफल हुने जनाइएको छ ।

    images
    images

    प्रवक्ता खरेलद्वारा जारी विज्ञप्तिअनुसार भ्रमणलाई नेपाल–चीनबीच आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्य विस्तार गर्ने अवसरका रूपमा लिइएको छ ।

    प्रतिनिधि मण्डलमा गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बाँस्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा.धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा.राम लामा, पुनमकुमारी अग्रवाल, डा.आनन्दबहादुर चन्द, डा.सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा रहेका छन् ।

    चीन भ्रमणका क्रममा हुने छलफलले दुई देशका राजनीतिक दलबीचको सम्बन्ध र विकासका क्षेत्रमा सहकार्यका सम्भावनाबारे थप संवाद अघि बढाउने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend