भक्तपुर, २८ कात्तिक । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तल्लामा शनिबार बिहान आगलागी भएको छ।
बिहान ६ बजेदेखि लागेको आगो नियन्त्रणमा लिन दमकल परिचालन गरिएको छ। मध्यपुरथिमि र काठमाडौँ महानगरपालिकाका दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ।
आगलागीबाट भएको क्षति तथा घटनाको थप विवरण आउन बाँकी छ।




.gif)





