images

२०८३ कार्तिक २९ गते

images
images
images

जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ

images
images
बिहिवार, कार्तिक २६ २०८३
बिहिवार, कार्तिक २६ २०८३
  • काठमाडौँ, २६ कात्तिक । प्रहरीले काठमाडौँ र तनहुँबाट जुवातास खेलिरहेको अवस्थामा ४४ जनालाई नियन्त्रणमा लिएको छ । 

    images
    images

    कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित कुशुम छ्याम्बा हाउस र होम स्टेमा जुवा (कौडा) खेलिरहेको अवस्थामा होम स्टेका सञ्चालक ३४ वर्षीय कुमार लामासमेत ३७ जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीलाई रु पाँच लाख ७८ हजार ५५५ र १६ थान कौडासहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । 

    images
    images

    यस्तै तनहुँको भिमाद नगरपालिका–६ रत्नचोकस्थित काठमाडौँ मःम होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक ६६ वर्षीय लोकबहादुर श्रेष्ठसहित सात जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई रु एक लाख ५० हजार ५४० र चार बुक ताससहित पक्राउ गरेको हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend