images

२०८३ कार्तिक ४ गते

images
images
images

राष्ट्र बैंकको खुद आयमा २१.९६ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको खुद आयमा २१.९६ प्रतिशतले वृद्धि

images
images
सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • काठमाडौँ - नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०।८१ मा ७३ अर्ब ७६ करोड २३ लाख रुपैयाँ खुद आय गरेको छ। बैंकले गत आर्थिक वर्षको तुलनामा २१ दशमलव ९६ प्रतिशतले वृद्धि भएको हो।

    images
    images

    बैंकको सञ्चालक समितिको गत कात्तिक २९ गते बसेको बैठकले खुद मुनाफाबाट कोषमा छुट्याउनुपर्ने रकम विनियोजन गरेपछि बाँकी ३७ अर्ब २२ करोड रुपैयाँ सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो । बैंकको प्रतिवेदन अनुसार, २०८१ असार मसान्तसम्म राष्ट्र बैंकको कूल सम्पत्ति तथा दायित्व २० खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३० दशमलव १५ प्रतिशतले वृद्धि भएको हो।

    आर्थिक वर्ष २०८०।८१ मा १० अर्ब २९ करोड रुपैयाँ बराबरको विदेशी लगानी र ५८ अर्ब ९६ करोड रुपैयाँ बराबरको विदेशी ऋण लेखांकन गरिएको छ। यस वर्ष राष्ट्र बैंकले ७३ अर्ब ९९ करोड रुपैयाँ मूल्यका ३५ करोड थान नयाँ नोट चलनचल्तीमा ल्याएको थियो।

    images
    images

    समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कूल सम्पत्ति तथा दायित्व १२ दशमलव ९ प्रतिशतले वृद्धि भई ७२ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ। विकास बैंकहरूको सम्पत्ति ७ दशमलव ९ प्रतिशतले बढेर ७ खर्ब १७ अर्ब, वित्त कम्पनीहरूको ११ दशमलव २ प्रतिशतले बढेर १ खर्ब ६९ अर्ब, र लघुवित्त संस्थाको सम्पत्ति १ दशमलव ३ प्रतिशतले घटेर ५ खर्ब ५३ अर्ब रुपैयाँमा सीमित भएको छ।

    २०८१ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले १४ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप र २ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा सुरक्षण गरेका छन्। समीक्षा वर्षको अन्त्यमा राष्ट्र बैंकको कूल विदेशी विनिमय सञ्चिती २० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यो सञ्चिती १५ अर्ब २७ करोड रहेको छ, जसले १५ दशमलव ६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ।

    आर्थिक वर्ष २०८०\८१ मा कूल वस्तु निर्यात ३ प्रतिशतले घटेर १ खर्ब ५२ अर्ब रुपैयाँमा सीमित भयो भने आयात १ दशमलव २ प्रतिशतले घटेर १५ खर्ब ९२ अर्ब रुपैयाँ रह्यो। यसले गर्दा व्यापार घाटा १ प्रतिशतले घटेर १४ खर्ब ४० अर्ब रुपैयाँमा कायम भएको छ । यो अवधिमा १० खर्ब ८२ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ भने कुल सरकारी खर्च १४ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend