images

२०८३ कार्तिक २९ गते

images
images
images
  • अन्य
  • जेब्रा क्रसिङमा पार्किङ गर्ने सांसद श्रेष्ठको...

जेब्रा क्रसिङमा पार्किङ गर्ने सांसद श्रेष्ठको गाडीलाई ट्राफिक प्रहरीको जरिवाना

जेब्रा क्रसिङमा पार्किङ गर्ने सांसद श्रेष्ठको गाडीलाई ट्राफिक प्रहरीको जरिवाना

images
images
बुधवार, कार्तिक २५ २०८३
बुधवार, कार्तिक २५ २०८३
  • धादिङ । जेब्रा क्रसिङमै सवारीसाधन पार्किङ गरी ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य बोध नारायण श्रेष्ठले प्रयोग गर्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ।

    images
    images

    बागमती प्रदेश ०१–०२७ विएवि १३९३ नम्बरको सवारीसाधन धादिङबेसीको बीचबजार चोकस्थित जेब्रा क्रसिङमा पार्किङ गरिएको तस्बिरसहितको समाचार सार्वजनिक भएपछि ट्राफिक प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख शिशिर थापाका अनुसार ट्राफिक नियम उल्लङ्घन गरेबापत अनलाइन प्रणालीमार्फत जरिवाना निर्धारण गरिएको छ। उल्लङ्घनको प्रकृतिअनुसार प्रणालीले ५०० देखि १ हजार ५०० रुपैयाँसम्म जरिवाना तोक्न सक्ने उनले बताए।

    images
    images

    थापाका अनुसार अनलाइन प्रणालीमा निर्धारण भएको रकम नै भुक्तानी गर्नुपर्नेछ। सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि गजुरीबाट जरिवानाको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।

    मंगलबार बिहान झिगु नेवाः समाज धादिङले आयोजना गरेको नेपाल संवत् तथा दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन सांसद श्रेष्ठ धादिङ पुगेका थिए। सोही क्रममा उनका चालकले धादिङबेसीको बीचबजार चोकमा रहेको जेब्रा क्रसिङमै गाडी पार्किङ गरेका थिए।

    घटनापछि सांसद श्रेष्ठले ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो गल्ती स्वीकार गरेका छन्।

    उनले लेखेका छन्, ‘गलत गलत नै हो, चाहे सचिवालयबाट होस् वा माननीयबाट। गल्ती स्वीकार्नु र त्यसबाट पाठ सिक्नु पनि एक असल नागरिकको पहिचान हो।’

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद श्रेष्ठको यो घटनाले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले समेत ट्राफिक नियमको पालना गर्नुपर्ने सन्देश दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend