images

२०८३ कार्तिक २९ गते

images
images
images

वनमन्त्री चौधरी टर्किए प्रस्थान

वनमन्त्री चौधरी टर्किए प्रस्थान

images
images
मंगलवार, कार्तिक २४ २०८३
मंगलवार, कार्तिक २४ २०८३
  • काठमाडौँ, २४ कात्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी टर्कीएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना भइरहेको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।

    images
    images

    सम्मेलनको दोस्रो सातामा मन्त्री चौधरीले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुनेछ । साथै, उहाँले सम्मेलनको उच्चस्तरीय सत्रमा नेपालको तर्फबाट सम्बोधनसमेत गर्नुहुने कार्यक्रम रहेको छ ।

    सम्मेलनमा मन्त्री चौधरीले नेपालको तर्फबाट जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी, कृषि, वन तथा जैविक विविधतामा परेको असरका विषयलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्नुहुनेछ । साथै जलवायु न्याय, जलवायु वित्त, हानि तथा नोक्सानीको क्षतिपूर्ति, जलवायुमैत्री कृषि, वन संरक्षण तथा हिमाली पारिस्थितिक प्रणालीको संरक्षणका विषयमा नेपालको धारणा राख्नुहुने उहाँको सचिवालयले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend