images

२०८३ कार्तिक २९ गते

images
images
images
  • अन्य
  • कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटी साइबर ब्युरो...

कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटी साइबर ब्युरो जाँदै, प्रहरीको ताकेतापछि पुगे

कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटी साइबर ब्युरो जाँदै, प्रहरीको ताकेतापछि पुगे

images
images
आइतवार, कार्तिक २२ २०८३
आइतवार, कार्तिक २२ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी प्रहरीको साइबर ब्युरो जाने भएका छन्। प्रहरीबाट लगातार ताकेता आएपछि आफू साइबर ब्युरो जान लागेको उनले बताएका छन्।

    images
    images

    सामाजिक सञ्जालमार्फत जानकारी दिँदै शिवाकोटीले चाडपर्वको बिदाका दिनसमेत प्रहरीले ताकेता गरेपछि केही घण्टाभित्रै ब्युरो पुग्न लागेको बताएका हुन्।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चाडबाड बिदाको बेलामा समेत प्रहरीको ताकेता आएपछि एक घण्टापछि साइबर ब्युरोमा पुग्दैछु। आजको सबै भेटघाट सम्भव भएसम्म साइबर ब्युरोमै गर्दैछु।’

    images
    images

    यद्यपि, साइबर ब्युरेले कुन विषयमा सोधपुछका लागि बोलाएको हो भन्नेबारे शिवाकोटीले खुलाएका छैनन्। प्रहरीले पनि यस विषयमा विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend