images

२०८३ कार्तिक २९ गते

images
images
images
  • अन्य
  • हिरासतबाट अडियो लिक र पत्रकार पक्राउ...

हिरासतबाट अडियो लिक र पत्रकार पक्राउ प्रकरणमा गृहमन्त्री र आईजीपीसँग जवाफ माग

हिरासतबाट अडियो लिक र पत्रकार पक्राउ प्रकरणमा गृहमन्त्री र आईजीपीसँग जवाफ माग

नेकपाको माग

images
images
बुधवार, कार्तिक १८ २०८३
बुधवार, कार्तिक १८ २०८३
  • हिरासतबाट अडियो लिक र पत्रकार पक्राउबारे गृहमन्त्री र आईजीपीसँग जवाफ माग्न नेकपाको माग

    images
    images

    काठमाडौं । प्रहरी हिरासतबाट अडियो सार्वजनिक भएको र पत्रकार पक्राउ परेको घटनाबारे गृहमन्त्री तथा प्रहरी महानिरीक्षक (आईजीपी) सँग जवाफ माग्न नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन माग गरेको छ।

    समितिका सदस्यसमेत रहेका नेकपाका प्रमुख सचेतक युवराज दुलालले सभापति हरि ढकाललाई पत्र लेख्दै तत्काल बैठक बोलाउन माग गरेका हुन्।

    images
    images

    दुलालले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनिएको अडियो कसरी बाहिरियो भन्ने विषयमा प्रश्न उठाएका छन्। साथै, यस घटनाबारे प्रधानमन्त्री तथा उनका प्रमुख सल्लाहकारले सामाजिक सञ्जालमा सार्वजनिक गरेका धारणाको आधार के हो भन्नेबारे पनि स्पष्ट पार्नुपर्ने उनको माग छ।

    त्यस्तै, पत्रकार पक्राउ पर्ने र पछि रिहा हुने तर सरकारले भने घटनाबारे जानकारी नभएको बताउने प्रवृत्तिप्रति पनि उनले आपत्ति जनाएका छन्।

    सरकारी निकायका गतिविधिलाई जवाफदेही बनाउन गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई समितिमा उपस्थित गराई घटनाबारे जवाफ माग्नुपर्ने दुलालको भनाइ छ।

    दुलालका अनुसार उनको मागप्रति समिति सभापति ढकालले सकारात्मक प्रतिक्रिया दिएका छन्। सभापति ढकालले समितिका सदस्यहरूको अनुकूलता हेरेर सम्भव भएसम्म छिट्टै बैठक बोलाउने आश्वासन दिएको उनले बताएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend