images

२०८३ कार्तिक २९ गते

images
images
images
  • अन्य
  • नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्‍याली’...

नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्‍याली’ आयोजना गर्ने

नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्‍याली’ आयोजना गर्ने

images
images
बुधवार, कार्तिक १८ २०८३
बुधवार, कार्तिक १८ २०८३
  • काठमाडौँ, १८ कात्तिक । नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले दीपावली तथा नेपाल संवत्को पूर्वसन्ध्यामा काठमाडौँमा ‘सुकुन्दा र्‍याली’ आयोजना गर्ने भएको छ । महानगर समितिका सभापति सुशन वैद्यले नेपाल संवत् मनाउने समुदायलाई लक्षित गरी काठमाडौँका भित्री गल्लीमा ‘सुकुन्दा र्‍याली’ आयोजना गर्न लागिएको जानकारी दिएका छन् ।

    images
    images

    उनका अनुसार यही कात्तिक २१ गते शनिबार साँझ ४ः०० बजे काठमाडौँको लगनटोलबाट र्‍याली सुरु हुनेछ । उक्त र्‍याली लगन, ब्रह्मटोल, बाङ्गेमुडा, ह्यूमत, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, काष्ठमण्डप, प्याफल, नरदेवी, किलागल, इन्द्रचोक, जुद्ध सालिक, न्युरोड गेट हुँदै तेबहालसम्म हुने सभापति वैद्यले बताएका छन् ।

    कांग्रेसका सभापति गगनकुमार थापाको सहभागितामा आयोजना हुन लागेको उक्त कार्यक्रममा उपस्थितिका लागि महानगर समितिले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई निमन्त्रणा गरेको छ । सभापति वैद्यले उक्त र्‍यालीले सांस्कृतिक परम्परा, मौलिक पहिचान र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बताएका छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend