काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाबीच मंगलबार साँझ भेटवार्ता भएको छ।
कांग्रेस सभापति थापा एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गर्न भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेका थिए। दुई नेताबीच करिब एक घण्टासम्म ‘वान–अन–वान’ छलफल भएको बताइएको छ।
भेटका क्रममा पछिल्लो समय विकसित राष्ट्रिय राजनीतिक घटनाक्रम, समसामयिक परिस्थिति तथा मुलुकको राजनीतिक अवस्थाबारे विस्तृत छलफल भएको जनाइएको छ।
सभापति थापानिकट स्रोतका अनुसार भेटवार्तामा विशेषगरी मधेश प्रदेश सरकारको राजनीतिक समीकरण र त्यहाँ विकसित पछिल्ला घटनाक्रमका विषयमा कुराकानी भएको थियो।
यद्यपि, दुई नेताबीच भएको छलफलका विस्तृत विषयवस्तु र भेटवार्ताको निष्कर्षबारे औपचारिक जानकारी सार्वजनिक भएको छैन।
दुई प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच भएको यस भेटलाई पछिल्लो राजनीतिक परिस्थितिको सन्दर्भमा चासोका साथ हेरिएको छ।




.gif)





