काठमाडौँ, १७ कात्तिक । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित फेरिचे हेलिप्याडमा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
मंगलबार बिहान ८ः११ बजे फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा घाइते भएका पाइलटसहित दुई जनालाई प्रभु हेलिकोप्टरमार्फत काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको हो।
नेपाल मेडिसिटी अस्पतालले घाइते दुवै जनालाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइने जनाएको छ।
उक्त दुर्घटनामा एक विदेशी पर्यटकको मृत्यु भएको छ। मृतक पर्यटकको पहिचान भने खुल्न सकेको छैन।




.gif)





