images

२०८३ कार्तिक १७ गते

images
images
images
  • अन्य
  • कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण...

कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण निर्वाचन आयोगमा बुझायो

कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण निर्वाचन आयोगमा बुझायो

images
images
सोमवार, कार्तिक १६ २०८३
सोमवार, कार्तिक १६ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अध्यावधिकका लागि निर्वाचन आयोगमा पेस गरेको छ।

    images
    images

    सोमबार महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले निर्वाचन आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई नयाँ कार्यसमितिको विवरण बुझाएको हो।

    कांग्रेसले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको विवरण अध्यावधिक गर्न निवेदन दिएको हो। सो क्रममा महामन्त्री पौडेलले पार्टीको विधान संशोधन सम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, समसामयिक राजनीतिक दस्तावेज तथा महाधिवेशनका निर्णयहरूसमेत आयोगमा बुझाएका थिए।

    images
    images

    आयोगमा विवरण बुझाएपछि महामन्त्री पौडेलले पुरानो केन्द्रीय कार्यसमिति परिवर्तन भइसकेकाले पार्टीको विधान र कानुनी व्यवस्थाअनुसार नयाँ निर्वाचित कार्यसमितिलाई अध्यावधिक गराइएको बताए।

    उनले कांग्रेसलाई समेत जोडेर उठाइएका विभिन्न विषय तथा सरकारसँग सम्बन्धित प्रश्नहरूको गहिराइमा पुगेर छानबिन गर्नुपर्ने र सत्यतथ्य सार्वजनिक हुनुपर्ने धारणा राखे।

    कांग्रेसले सधैँ लोकतन्त्रको रक्षा गर्दै विधि, संस्थागत पद्धति र कानुनी शासनको पालना गर्दै आएको उनको भनाइ थियो।

    महामन्त्री पौडेलले कांग्रेसको उद्देश्य सरकार ढाल्ने वा निर्वाचित सरकारलाई असहयोग गर्ने नभएको स्पष्ट पार्दै सरकारले गरेका राम्रा कामलाई समर्थन गर्ने र गलत काममा प्रश्न उठाउने पार्टीको नीति रहेको बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend