images

२०८३ कार्तिक १७ गते

images
images
images
  • अन्य
  • स्याङ्जामा दुई लाख ४९ हजार मतदाता...

स्याङ्जामा दुई लाख ४९ हजार मतदाता कायम

स्याङ्जामा दुई लाख ४९ हजार मतदाता कायम

images
images
सोमवार, कार्तिक १६ २०८३
सोमवार, कार्तिक १६ २०८३
  • वालिङ (स्याङ्जा), १६ कात्तिक । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले दुई हजार ५७२ मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ । कार्यालयले असोजमा सम्पन्न गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रमअनुसार मृत्यु भएका र दोहोरो नामावली भएकाको नाम मतदाता सूचीबाट हटाएको हो ।

    images
    images

    जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाका अनुसार एक हजार ३०८ जना मृत्यु भएका र एक हजार २६४ जना दोहोरो नामावली भएका गरी कुल दुई हजार ५७२ जना मतदाताको नाम सूचीबाट हटाइएको हो ।

    “यसअघि मतदाताको नामावलीमा भएका त्रुटि सच्याउनका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन प्राप्त भएका थिए”, उहाँले भन्नुभयो, “प्राप्त निवेदनका आधारमा यस अवधिमा ३४५ जना मतदाताको नामावलीमा भएका त्रुटि सच्याइएको छ ।”

    images
    images

    ठेगाना र मतदान केन्द्र फरक परेका ७७२ जनाको मतदान केन्द्र (ठाउँसारी निवेदन)का आधारमा केन्द्र परिवर्तन गरिएको छ । कार्यालयले गत असोजमा मतदाताको नामावली अद्यावधिक गरेको थियो । अद्यावधिक पश्चात् निर्वाचन आयोगद्वारा प्रकाशित अन्तिम मतदाता नामावली बमोजिम २०८३ भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको सङ्ख्या दुई लाख ४९ हजार ६३ कायम भएको छ । त्यसमध्ये पुरुष एक लाख २३ हजार ११२ जना, महिला एक लाख २५ हजार ९५० जना र अन्य एक जना छन् ।

    विसं २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दुई लाख ४८ हजार ८१६ मतदाता सङ्ख्या कायम रहेको थियो । मतदाता अद्यावधिक कार्यक्रम पश्चात् मतदाताको सङ्ख्या बढेको छ । गत फागुनमा सम्पन्न भएको निर्वाचनमा कायम भएका सङ्ख्याभन्दा अद्यावधिक भएपछि २४७ जना मतदाता बढेको उनले बताएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend