images

२०८३ कार्तिक १७ गते

images
images
images
  • विश्व
  • साउदी एआई कम्पनीमा अरामकोको ४९ प्रतिशत...

साउदी एआई कम्पनीमा अरामकोको ४९ प्रतिशत सेयर रहने

साउदी एआई कम्पनीमा अरामकोको ४९ प्रतिशत सेयर रहने

images
images
आइतवार, कार्तिक १५ २०८३
आइतवार, कार्तिक १५ २०८३
  • रियाद, साउदी अरब, १५ कात्तिक (रासस।एएफपी) । साउदी तेल कम्पनी अरामकोले आइतबार राज्यको लगानीमा चलेको एआई कम्पनी हुमेनमा ४९ प्रतिशत सेयर लिएको बताएको छ ।

    images
    images

    बढ्दो माग पूरा गर्न कम्पनीलाई विस्तार गर्न नगद र सम्पत्ति दुवै दिइएको हो । 

    साउदीको सार्वभौम सम्पत्ति कोष पब्लिक इन्भेस्टमेन्ट फण्ड (पीआईएफ) ले बाँकी ५१ प्रतिशत सेयर राख्ने छ । दुवै पक्षले संयुक्त वक्तव्य जारी गरी सेयर विस्तारबारे पुष्टि गरेका छन् । 

    images
    images

    तेलमा निर्भर साउदी अर्थतन्त्रको मुख्य आधार अरामकोले सन् २०२५ मेमा सुरु भएको हुमेनमा कम्तीमा एक वर्षदेखि उल्लेखनीय सेयर लिने योजना बनाइरहेको थियो । 

    “यो कारोबारले हुमेनको वृद्धिलाई थप गति दिने छ र विश्वव्यापी रूपमा यसको पूर्ण एआई क्षमता अगाडि बढाउने छ । पीआईएफ र अरामकोले राज्यद्वारा लगानी गरिएको एआई कम्पनीको सम्पत्ति, क्षमता र प्रतिभामा योगदान गर्ने छन्,” वक्तव्यमा भनिएको छ । 

    वक्तव्यमा भनिएको छ, “अरामकोको पूर्ण स्वामित्वको सहायक कम्पनीमार्फत लिइएको यो सेयरले ‘एआईको बढ्दो क्षेत्रीय र विश्वव्यापी माग पूरा गर्न हुमेनको तीव्र विस्तारलाई सहयोग गर्नेछ ।” 

    हुमेनले सन् २०३० सम्म तीन गिगावाट एआई डाटा सेन्टर क्षमता राख्ने योजना बनाएको छ । “यसले पूर्वाधार र ‘क्लाउड प्लेटफर्म’ मा पनि काम गरिरहेको छ र अरबी भाषाको एलएलएम विकास गरेको छ,” वक्तव्यमा उल्लेख छ ।

    विश्वको सबैभन्दा ठूलो बजार पूँजीकरण भएका कम्पनीमध्ये एक अरामकोले यस वर्ष हुमेनमा करिब ९.९ अर्ब साउदी रियल (२.६ अर्ब अमेरिकी डलर) लगानी गर्नेछ । साथै एआई, कम्प्युटर नेटवर्क र डिजिटल सम्पत्ति पनि दिने छ । अरामकोका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत अमिन एच.नासेरले एआईले सन् २०२३ देखि तेल कम्पनीलाई ११.३ अर्ब डलर बराबरको प्रविधि–सम्बन्धी मूल्य सङ्कलन गर्न मद्दत गरेको बताएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend