images

२०८३ कार्तिक १७ गते

images
images
images
  • विश्व
  • जापानमा ६.० रेक्टर स्केलको भूकम्प, सुनामीको...

जापानमा ६.० रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी जारी भएन

जापानमा ६.० रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी जारी भएन

images
images
आइतवार, कार्तिक १५ २०८३
आइतवार, कार्तिक १५ २०८३
  • काठमाडौं, १६ कात्तिक । जापानको मी प्रान्तको तटीय क्षेत्रनजिक आइतबार बिहान ६.।० रेक्टर स्केलको भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रविन्दु मी प्रान्तको राजधानी त्सुबाट करिब ११० किलोमिटर दक्षिणमा रहेको थियो।

    images
    images

    भूकम्प समुद्र सतहबाट करिब ३५२ किलोमिटर गहिराइमा गएको जनाइएको छ। भूकम्पपछि कुनै सुनामीको चेतावनी जारी गरिएको छैन। हालसम्म मानवीय वा भौतिक क्षतिको विवरणसमेत प्राप्त भएको छैन।

    युरोपेली–भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रका अनुसार स्थानीय बासिन्दाले भूकम्पको कम्पन लामो समयसम्म महसुस गरेको बताएका छन्। सुरुमा हल्का कम्पन महसुस भए पनि त्यसपछि क्रमशः शक्तिशाली झट्का गएको उनीहरूको भनाइ छ।

    images
    images

    जापान विश्वका सबैभन्दा बढी भूकम्प प्रभावित देशमध्ये एक हो। चारवटा ठूला टेक्टोनिक प्लेटको संगम क्षेत्रमा रहेको जापान प्रशान्त महासागरको ुरिङ अफ फायरु क्षेत्रमा पर्छ। यहाँ प्रतिवर्ष करिब एक हजार ५०० भूकम्प जाने गरेका छन्, जसमध्ये अधिकांश साना तथा मध्यम प्रकृतिका हुन्छन्।

    यसअघि सन् २०२४ मा जापानको नोटो प्रायद्वीपमा गएको शक्तिशाली भूकम्पमा परी करिब ६०० जनाको मृत्यु भएको थियो। त्यस्तै, सन् २०११ मा गएको ९।० रेक्टर स्केलको महाभूकम्प र त्यसपछि आएको सुनामीका कारण १८ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका थिए।

    जापान सरकारले आगामी ३० वर्षभित्र ठूलो भूकम्प जाने सम्भावनाबारे चेतावनी दिँदै आएको छ। सरकारी अनुमानअनुसार ७५ देखि ८२ प्रतिशतसम्म सम्भावना रहेको यस्तो भूकम्प आएमा करिब दुई लाख ९८ हजार मानिसको ज्यान जान सक्ने र दुई ट्रिलियन अमेरिकी डलरसम्म आर्थिक क्षति हुन सक्ने अनुमान गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend