काठमाडौं निर्धन उत्थान लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा खराब कर्जा घटाएको छ । कम्पनीको खराब कर्जा घट्दा नोक्सानी समेत घटेको छ । संस्थाको खराब कर्जा १२.३५ प्रतिशत विन्दुबाट घटेर १०.१६ प्रतिशत विन्दुमा झरेको छ ।
कम्पनीले चालु आवको पहिलो त्रैमासमा १ करोड ९५ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्षको यसै अवधिमा यो संस्था १४ करोड ३० लाख नोक्सानमा थियो । यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ३०.७३ प्रतिशतले बढेको छ । यता कम्पनीले गत वर्षको तुलनामा सञ्चालन नोक्सान भने घटाएको छ । गत वर्ष १४ करोड ४३ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको कम्पनी यो त्रैमासमा १ करोड ९५ लाखमा झारेको छ । एक वर्षको अवधिमा सञ्चालन आम्दानीमा समेत सुधार आउँदा कम्पनीको नोक्सानी कम भएको हो ।
हाल यस संस्थाको चुक्ता पुँजी २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा २ करोड ५३ लाख रुपैयाँ जम्मा छ । यस अवधि सम्म आइपुग्दा यो लघुवित्तको प्रति सेयर आम्दानी ३ रुपैयाँ ऋणात्मक छ । यसको प्रति सेयर नेटवर्थ भने १९७.६४ रुपैयाँ रहेकोे छ ।




.gif)





