काठमाडौं । व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि सञ्चालन गरेको आरोपमा काठमाडौंका विभिन्न स्पा तथा मसाज सेन्टरबाट १४ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न स्पा तथा मसाज सेन्टरमा अनुगमन तथा जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रामेछापकी २९ वर्षीया पार्वती श्रेष्ठ, नुवाकोटकी २६ वर्षीया सुवु गुरुङ, खोटाङकी २५ वर्षीया चन्द्र बस्नेत, भोजपुरकी ३० वर्षीया पार्वती खत्री र नवलपरासीकी २० वर्षीया पूर्णिमा भोटे रहेका छन्।
त्यस्तै, काभ्रेपलाञ्चोककी २४ वर्षीया पबिना खड्का, दोलखाकी ३१ वर्षीया अनु तामाङ, रामेछापकी २३ वर्षीया कविता मगर र २१ वर्षीया सविता बोहरा, झापाकी ३३ वर्षीया अम्बिका कार्की तथा नुवाकोटकी २१ वर्षीया शर्मिला गिरी पक्राउ परेका छन्।
यसैगरी धादिङका २० वर्षीया रोसनी भुजेल र ३० वर्षीया मिना भुजेल तथा बंगलादेशका ३८ वर्षीय मसुद राना पनि पक्राउ परेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।




.gif)





.gif)
