सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णालीबाट प्रदेश स्तरीय प्रशिक्षण सुरु गर्ने भएको छ । त्यसका लागि रास्वपा सभापति रवि लामिछानेदेखि सोबिता गौतमसम्मका नेताहरू वीरेन्द्रनगर आउन लागेको पार्टीका कर्णाली प्रदेशका महामन्त्री ललित चन्दले बताए ।कर्णालीमा शनिबार र आइतबार गरी दुई दिन प्रशिक्षण चल्ने छ । त्यसपछि अन्य प्रदेशमा प्रशिक्षण चलाउने तयारी भएको चन्दले बताए ।
‘कर्णालीलाई अहिले रास्वपाले विशेष तरिकाले हेरेको छ, चुनावमा पनि रास्वपाको अवस्था केही न्यून रहेको देखायो,’उनले भने, ‘हरेक हिसाबले पछाडि परेको प्रदेश भएकाले सरकारले पनि अहिले प्राथमिकताका साथ काम गरिरहेको छ भने पार्टीले पनि कर्णालीलाई प्राथमिकताका साथ हेरेर यहीँबाट प्रशिक्षणको सुरुवात गरेको हो।’उनका अनुसार, प्रशिक्षणका लागि सभापति लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, सोबिता गौतम, महामन्त्री, विपिन आचार्य, नेताहरू शिशिर खनाल, संगठन विभाग प्रमुख प्रमोद न्यौपाने, मुख्य सचेतक कविन्द्र बुर्लाकोटी, हरि ढकाल लगायत शुक्रबार नै वीरेन्द्रनगर आउने कार्यतालिका छ ।
प्रशिक्षणमा कर्णालीका जिल्ला, प्रदेश र स्थानीय गरी करिब ३०० जना नेता, कार्यकर्ता सहभागी हुने कर्णाली प्रदेश उपसभापति तुलाराज शाहीले बताए । प्रशिक्षण वीरेन्द्रनगरको कौशीक गार्डेनमा हुने छ । उनका अनुसार, पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, क्यान्डिटेड क्लब र लिडरसिप एकेडेमीका बारेमा प्रशिक्षण दिइने छ ।उम्मेदवार छनोटको विषयमा ‘मनै उम्मेदवार हुँ’ भनेर सामाजिक सञ्जालमा प्रचार गर्नेलाई कारबाही गरिने सहमहामन्त्री राजबहादुर शाहले बताए ।उम्मेदवारको संख्या बाँकी नै रहेकाले संख्या बढ्ने सम्भावना रहेको उनले बताए ।उनका अनुसार, रास्वपाले कर्णालीका ८ जिल्लामा अधिवेशन सकेको छ भने डोल्पा र हुम्लामा बाँकी छ ।महामन्त्री चन्दले कर्णालीमा बहुमतको सरकार निर्माण गर्ने हाम्रो लक्ष्य अनुसार, रास्वपा कर्णालीले आफ्नो तयारी गरिरहेको छ ।सोही अनुसार संगठन विस्तारको काम भइरहेको महामन्त्री चन्दले बताए ।




.gif)





.gif)
