images

२०८३ कार्तिक ४ गते

images
images
images
  • बैंक वित्त
  • बैंकका ग्राहकको पहिचान गर्न राष्ट्र बैंकले...

बैंकका ग्राहकको पहिचान गर्न राष्ट्र बैंकले छुट्टै निकाय बनाउने

बैंकका ग्राहकको पहिचान गर्न राष्ट्र बैंकले छुट्टै निकाय बनाउने

images
images
शुक्रवार, कार्तिक ३० २०८१
शुक्रवार, कार्तिक ३० २०८१
  • काठमाडौं, ३० कात्तिक । बैंक, वित्तीय संस्थाका ग्राहकहरूको पहिचान सम्बन्धी सूचना आदान प्रदान गर्नका लागि छुट्टै संरचना बन्ने भएको छ । कर्जा सूचना केन्द्रकै मोडलमा छुट्टै संस्था निर्माण गरी त्यसैमार्फत ग्राहक पहिचानको सूचना आदान प्रदान गर्ने राष्ट्र बैंकको तयारी छ ।

    images
    images

    हाल सर्वसाधारणले आफ्नो खाता भएका बैंकहरूमा फरक फरक ग्राहक पहिचान (केवाईसी) विवरण बुझाउनु पर्छ । अब ग्राहक पहिचान प्रणाली स्थापना भएपछि सर्वसाधारणका सूचनाहरू उक्त प्रणाली सञ्चालनले अद्यावधिक हुने र एउटा बैंकमा बुझाएको केवाईसीले अरु बैंकको लागि काम गर्न सक्ने बताइएको छ ।

    गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्ष (आव)को मौद्रिक नीतिमा केन्द्रीय ग्राहक पहिचान प्रणाली (सेन्ट्रलाइज्ड केवाईसी) निर्माण गर्ने घोषणा गरेका थिए । त्यही अनुसार अहिले उक्त प्रणालीको सञ्चालन कसरी गर्ने भन्ने बारेमा अन्तिम चरणको छलफल भइरहेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend