काठमाडौं। विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा सन सेक्युरिटिज प्रा। लि। ९स्टक ब्रोकर नं। ६४० ले लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता अभिवृद्धिका लागि चारवटा कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले असोज २१ देखि २३ गतेसम्म लगानीकर्ता अन्तरक्रिया, विद्यार्थीका लागि वित्तीय साक्षरता कक्षा, लगानीकर्ता भेटघाट तथा ब्रोकर भिजिट कार्यक्रम सञ्चालन गरेको हो।कम्पनीका अनुसार कार्यक्रमको उद्देश्य लगानीकर्तालाई पुँजी बजारसम्बन्धी सही जानकारी प्रदान गर्नु, वित्तीय निर्णय क्षमता अभिवृद्धि गर्नु तथा विद्यार्थीलाई लगानीसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्नु रहेको थियो।
असोज २१ गते सन सेक्युरिटिजको कार्यालयमा आयोजित लगानीकर्ता अन्तरक्रिया कार्यक्रममा पुँजी बजार विश्लेषक पुरुषोत्तम चिमोरिया र अस्तित्व शर्माले नेपालको पुँजी बजारको वर्तमान अवस्था, सम्भावना, चुनौती, लगानी रणनीति तथा जोखिम व्यवस्थापनका विषयमा सहभागीहरूसँग छलफल गरेका थिए। कार्यक्रममा सहभागीहरूले विज्ञसँग प्रत्यक्ष संवाद गर्दै बजारसम्बन्धी जिज्ञासा राख्ने अवसर पाएका थिए।त्यसैगरी, असोज २२ गते ललितपुरको ग्वार्कोस्थित सुप्रभात कलेजका विद्यार्थीका लागि वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको थियो। कक्षामा बचतको महत्त्व, व्यक्तिगत वित्तीय व्यवस्थापन, पुँजी बजारको आधारभूत जानकारी, सेयरमा लगानी गर्ने प्रक्रिया, लगानीका अवसर तथा जोखिम र विवेकपूर्ण लगानी निर्णयबारे जानकारी प्रदान गरिएको थियो।
सोही दिन आयोजित लगानीकर्ता भेटघाट तथा चियापान कार्यक्रममा नेपालको पुँजी बजारको अवस्था, सम्भावना, चुनौती र भावी लगानी रणनीतिबारे छलफल गरिएको थियो। कार्यक्रममा लगानीकर्ताले आफ्ना अनुभव, जिज्ञासा तथा विचार आदानप्रदान गरेका थिए। यसले लगानीकर्ता र ब्रोकर कम्पनीबीचको सम्बन्ध सुदृढ बनाउनुका साथै सूचित तथा जिम्मेवार लगानीलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।असोज २३ गते क्वेस्ट इन्टरनेसनल कलेजका विद्यार्थीका लागि सन सेक्युरिटिजको कार्यालयस्थित ट्रेडिङ हलमा ब्रोकर भिजिट कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विद्यार्थीले धितोपत्र दलाल कम्पनीको कार्यप्रणाली, सेयर कारोबार प्रक्रिया, अनलाइन कारोबार प्रणाली, लगानीकर्तालाई उपलब्ध गराइने सेवा तथा नेपालको पुँजी बजारको व्यावहारिक पक्षबारे प्रत्यक्ष जानकारी लिएका थिए। यस कार्यक्रमले विद्यार्थीलाई कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यावहारिक अनुभवसँग जोड्न सहयोग पुर्याएको कम्पनीको भनाइ छ।
चारवटै कार्यक्रम सन सेक्युरिटिजका कर्मचारी विवेक अधिकारी, दीपक राज पन्त, दिपेश न्यौपाने र राहुल थापालियाको सहजीकरणमा सम्पन्न भएका थिए। उनीहरूले सहभागीलाई पुँजी बजारका आधारभूत अवधारणा, लगानी प्रक्रिया, वित्तीय साक्षरताको आवश्यकता तथा जोखिम पहिचान र व्यवस्थापनका विषयमा जानकारी दिएका थिए।विश्व लगानीकर्ता सप्ताहका अवसरमा आयोजित कार्यक्रमले विद्यार्थी तथा लगानीकर्ताको वित्तीय ज्ञान अभिवृद्धि गर्नुका साथै पुँजी बजारप्रति सकारात्मक र जिम्मेवार दृष्टिकोण विकास गर्न तथा सूचित लगानी निर्णयलाई प्रोत्साहन गर्न योगदान पुर्याउने विश्वास कम्पनीले व्यक्त गरेको छ।सन सेक्युरिटिजले आगामी दिनमा पनि वित्तीय साक्षरता विस्तार, लगानीकर्ता शिक्षा तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै नेपालको पुँजी बजारलाई थप पारदर्शी, व्यवस्थित र लगानीकर्तामैत्री बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।




.gif)





