images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • तिलोत्तमामा मंसिर ३ देखि राष्ट्रिय औद्योगिक...

तिलोत्तमामा मंसिर ३ देखि राष्ट्रिय औद्योगिक व्यापार मेला, ३५० स्टल रहने

तिलोत्तमामा मंसिर ३ देखि राष्ट्रिय औद्योगिक व्यापार मेला, ३५० स्टल रहने

images
images
आइतवार, आश्विन २५ २०८३
आइतवार, आश्विन २५ २०८३
  • बुटवल। रुपन्देहीको तिलोत्तमामा आगामी मंसिर ३ देखि १६ गतेसम्म चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना हुने भएको छ।तिलोत्तमा उद्योग वाणिज्य सङ्घले स्थानीय उत्पादन, उद्योग, व्यापार, कृषि, प्रविधि तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागेको हो।सङ्घले आइतबार पत्रकार सम्मेलन गरी तिलोत्तमा नगरपालिका–४, मणिग्रामस्थित अस्थायी प्रदर्शनीस्थलमा मेला सञ्चालन गरिने जानकारी दिएको हो।

    images
    images

    सङ्घका अध्यक्ष ज्ञानेन्द्र कार्कीका अनुसार मेलामा ३५० भन्दा बढी स्टल रहनेछन्। आयोजकले पाँच लाखभन्दा बढी दर्शक सहभागी हुने र १२ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने लक्ष्य राखेको छ।मेलामा औद्योगिक तथा व्यावसायिक उत्पादन, कृषि उपज, प्रविधि, पर्यटनलगायत क्षेत्रका सामग्री तथा सेवाको प्रदर्शनी गरिनेछ । होटलका लागि २० वटा स्टल छुट्याइएको छ भने अटोमोबाइल र सूचना प्रविधिसम्बन्धी स्टल पनि आवश्यकताअनुसार व्यवस्थापन गरिने अध्यक्ष कार्कीले बताए।मेलालाई आकर्षक बनाउन बाल उद्यान, सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिनेछ । प्रवेशद्वारमा लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथका संरचनाको झल्को दिने सजावट गरिने आयोजकले जनाएको छ । यसबाट नेपाली कला, संस्कृति र धार्मिक पर्यटनको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

    मेलालाई किनबेचमा मात्र सीमित नराखी स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसँग जोड्ने, साना तथा मझौला उद्यमलाई प्रोत्साहन गर्ने र रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्य रहेको कार्कीले बताए।मेलामा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारका साङ्गीतिक प्रस्तुति रहनेछन् । स्वदेशी उत्पादनको बजारीकरण र उद्यमीबिच व्यावसायिक सम्बन्ध विस्तारलाई समेत प्राथमिकता दिइने आयोजकले जनाएको छ।मेलालाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सरोकारवाला निकायसँग समन्वय गरिने सङ्घले जनाएको छ। आयोजकले पारदर्शिता, सामाजिक उत्तरदायित्व, वातावरणीय सचेतना र सामूहिक सहभागितालाई प्राथमिकता दिँदै मेला सञ्चालन गर्ने जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend