काठमाडौं। नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकका लागि ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ । अफरअन्तर्गत एफटीटीएच इन्टरनेट प्याकेज जडान शुल्कमा छुट, मोबाइल डेटा तथा भ्वाइस प्याकेजमा सहुलियतलगायतका सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकले ५०० रुपैयाँ जडान शुल्क तिर्नुपर्ने छैन । त्यस्तै, १००, १५० र २०० एमबीपीएसका नयाँ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले एक महिना थप सुविधा पाउनेछन् । यससँगै बोनसका रूपमा उपलब्ध हुने मोबाइल डेटा पनि १३ महिनासम्म प्रयोग गर्न सकिनेछ । भर्चुअल सेट–टप बक्ससहितको प्याकेजमा एक हजार रुपैयाँ छुटको व्यवस्था पनि यथावत् रहेको कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत जीएसएम मोबाइल सेवाका ग्राहकले ४९९ रुपैयाँमा पाँच जीबी डेटा सुविधासहितको ‘फेस्टिभल अनलिमिटेड’ र ६९९ रुपैयाँमा १० जीबी डेटा सुविधासहितको ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याकेज खरिद गर्न सक्नेछन् ।‘फेस्टिभल अनलिमिटेड’ प्याकेजमा दैनिक पाँच जीबी डेटा खपत भएपछि बाँकी समयावधिमा दुई एमबीपीएस गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिनेछ । त्यसैगरी, ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याकेजमा दैनिक १० जीबी डेटा खपत भएपछि बाँकी समयावधिमा तीन एमबीपीएस गतिमा इन्टरनेट चलाउन सकिने कम्पनीले जनाएको छ ।त्यस्तै, २५० रुपैयाँमा एक हजार मिनेट अल–नेट भ्वाइस सुविधासहितको ‘जोयफुल मिनेट्स’ र ९९ रुपैयाँमा एक हजार अन–नेट एसएमएस सुविधासहितको ‘फेस्टिभ म्यासेज’ प्याकेज पनि उपलब्ध हुनेछ । यी सबै प्याकेजको समयावधि ३० दिनको हुनेछ ।
नेपाल टेलिकमका अनुसार मोबाइलमार्फत प्याकेज खरिद गर्ने ग्राहकले २०८३ असोज ३० देखि कात्तिक ३० गतेसम्म अफरको सुविधा लिन सक्नेछन् । ग्राहकले आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्नेछन् ।चाडपर्वको अवसरमा ग्राहकलाई सहुलियतपूर्ण सेवा उपलब्ध गराउने उद्देश्यले ल्याइएको यस अफरले परिवार तथा आफन्तसँग सम्पर्कमा रहन, खुसी साटासाट गर्न र डिजिटल सेवाको प्रयोग बढाउन प्रोत्साहन गर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।




.gif)





