images

२०८३ आश्विन २५ गते

images
images
images
  • प्रविधि
  • पत्रकारिता र डिजिटल स्टोरीटेलिङ सिकाउँदै टिकटकले...

पत्रकारिता र डिजिटल स्टोरीटेलिङ सिकाउँदै टिकटकले आयोजना गर्‍यो दुईदिने मास्टरक्लास

पत्रकारिता र डिजिटल स्टोरीटेलिङ सिकाउँदै टिकटकले आयोजना गर्‍यो दुईदिने मास्टरक्लास

images
images
आइतवार, आश्विन २५ २०८३
आइतवार, आश्विन २५ २०८३
  • काठमाडौं।मोबाइल तथा सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण परिवर्तन भइरहेको सञ्चार क्षेत्रका लागि विद्यार्थीलाई तयार पार्ने उद्देश्यले टिकटकले त्रिभुवन विश्वविद्यालय अन्तर्गत केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभाग (CDJMC) को सहकार्यमा पत्रकारिता तथा डिजिटल स्टोरीटेलिङ सम्बन्धी दुईदिने मास्टरक्लास आयोजना गरेको छ।टिकटक मास्टरक्लास अन जर्नालिज्म एन्ड डिजिटल स्टोरीटेलिङमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी, प्राध्यापक, पत्रकार, डिजिटल क्रिएटर तथा सञ्चार क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो। कार्यक्रममा यस प्लेटफर्म सम्बन्धी प्रशिक्षण, विभिन्न विषयमा छलफल तथा विचार र अनुभवहरू आदानप्रदान गरिएको थियो।

    images
    images

    मास्टरक्लासमा टिकटक, सञ्चार क्षेत्र तथा क्रिएटर समुदायका विज्ञहरूले विभिन्न विषयमा अन्तरक्रियात्मक सत्र सञ्चालन गरेका थिए। टिकटकका विज्ञहरूले पत्रकारिता सम्बन्धी सामग्री निर्माण, सुरक्षा तथा जिम्मेवार स्टोरीटेलिङमा केन्द्रित सत्र सञ्चालन गरेका थिए भने पत्रकार तथा डिजिटल स्टोरीटेलरहरूले आफ्ना व्यावहारिक र वास्तविक अनुभवहरू साझा गरेका थिए। यसले तीव्र गतिमा परिवर्तन भइरहेको सञ्चार क्षेत्रमा विश्वसनीयता कसरी कायम गर्ने भन्ने विषयमा विद्यार्थीलाई व्यावहारिक दृष्टिकोण प्रदान गरेको थियो।त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले भने, “डिजिटल समाचारको यस युगमा मानिसहरूले सूचना सिर्जना गर्ने र त्यससँग जोडिने तरिका निरन्तर परिवर्तन भइरहेकाले पत्रकारिता शिक्षामा पनि परिवर्तन भइरहेको छ। यस्ता अवसरले विद्यार्थीलाई बदलिँदो सञ्चार क्षेत्रलाई अझ राम्रोसँग बुझ्न र त्यस अनुसार अघि बढ्न सहयोग गर्छ। हाम्रा पत्रकारिता विषयका विद्यार्थी, जसमध्ये धेरैजना अहिले नै सञ्चार क्षेत्रमा कार्यरत छन्, उनीहरूसँग आफ्नो अनुभव र विज्ञता बाँड्ने पहल गरेकोमा हामी टिकटकलाई धन्यवाद दिन चाहन्छौं।”

    मध्यपूर्व, अफ्रिका, दक्षिण तथा मध्य एसिया र पूर्वी युरोप क्षेत्र हेर्ने टिकटककी सञ्चार प्रमुख रोला अबु हसनले भने, “मानिसहरू नयाँ आइडिया पत्ता लगाउन, आफू वरपरको संसारबारे जान्न र अर्थपूर्ण कथासँग जोडिन टिकटकमा आउँछन्। यस मास्टरक्लास मार्फत हामी इच्छुक तथा हाल कार्यरत पत्रकारहरूलाई सिर्जनात्मक र जिम्मेवार ढंगले आकर्षक डिजिटल सामग्री सिर्जना गर्न आवश्यक सीप प्रदान गर्न चाहन्छौं। साथै, हाम्रो उद्देश्य पत्रकारिताका सटीकता, प्रमाणीकरण, जवाफदेहिता र जनहितलाई केन्द्रमा राख्दै डिजिटल सामग्री सिर्जना गर्न उनीहरूलाई सक्षम बनाउनु पनि हो।”

    images
    images

    कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रहेको एक प्यानल छलफलमा टिकटकका गभर्नमेन्ट रिलेसन्स एन्ड पब्लिक पोलिसी प्रतिनिधि किरण चापागाईं, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभाग (CDJMC) का डा। श्रीराम पौडेल, बाह्रखरीका प्रधानसम्पादक प्रतीक प्रधान र कन्टेन्ट क्रिएटर रोनीष्मा श्रेष्ठको सहभागिता रहेको थियो। छलफलमा न्युजरुमदेखि न्युजफिडसम्म भइरहेको परिवर्तन, करियर, विश्वसनीयता, कृत्रिम बुद्धिमत्ता तथा नेपालमा पत्रकारिताको बदलिँदो भूमिका लगायतका विषयमा छलफल गरिएको थियो।मास्टरक्लासका विभिन्न सत्रमा न्युजरुम भ्रमण तथा स्टोरीटेलिङ प्लेटफर्मका रूपमा टिकटकको प्रयोगबारे व्यावहारिक अनुभव पनि प्रदान गरिएको थियो। पत्रकारिता सम्बन्धी सामग्री निर्माण, समुदायमा आधारित स्टोरीटेलिङ तथा पत्रकारका लागि उपलब्ध अवसर लगायतका विषयमा पनि छलफल गरिएको थियो। साथै, कम्युनिटी गाइडलाइन्स, गलत सूचना, एआईबाट सिर्जित सामग्री तथा डिजिटल नागरिकता सहित सुरक्षा र जिम्मेवार स्टोरीटेलिङमा समेत विशेष ध्यान दिइएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend