images

२०८३ आश्विन २५ गते

images
images
images
  • अन्य
  • चीनमा रास्वपा उपनेता पराजुली, नेपाली दूतावासमा...

चीनमा रास्वपा उपनेता पराजुली, नेपाली दूतावासमा भेटघाट

चीनमा रास्वपा उपनेता पराजुली, नेपाली दूतावासमा भेटघाट

images
images
आइतवार, आश्विन २५ २०८३
आइतवार, आश्विन २५ २०८३
  • काठमाडौँ । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीले त्यहाँस्थित नेपाली दूतावास भ्रमण गरेका छन् ।द चाइनिज पिपुल्स एशोसिएशन फर फ्राइण्डसीप वीथ फरेन कन्ट्रीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन हिजो चीन पुगेका उनले नेपाली दूतावासको अवलोकन गरेका हुन् । दूतावासका कार्यवाहक राजदूत रोशन खनालसहितका कर्मचारीहरूसँग भेटघाट गरी समसामयिक विषयमा छलफल गरेको दूतावासले जनाएको छ ।सो अवसरमा विश्वशक्तिमान बन्दै गरेको चीनले हासिल गरेको आर्थिक उन्नति र प्रविधिको क्षेत्रमा मारेको छलाङबाट नेपालले के कस्ता लाभ लिन सकिन्छ ? तथा दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउन कूटनीतिक नियोगले खेल्नुपर्ने भूमिकाका विषयमा उनले चर्चा गरेका थिए ।

    images
    images

    द चाइनिज पिपुल्स एशोसिएशन फर फ्राइण्डसीप वीथ फरेन कन्ट्रीले आयोजना गरेको कार्यक्रममा ग्लोबल साउथ तथा युरोपियन देशहरूका सांसदहरू सम्मिलित रहनेछन् । सो कार्यक्रममा सांसद पराजुलीले नेपालमा हालै गएको भोटीकोशी बाढी तथा जलवायु परिवर्तनको विषयमा कुरा राख्ने बताइएको छ । कार्यक्रमको क्रममा उच्चस्तरीय साइडलाइन भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend