images

२०८३ आश्विन २७ गते

images
images
images
  • प्रविधि
  • इन्टरनेटको शुल्क नबढेको प्राधिकरणको स्पष्टोक्ति, बढी...

इन्टरनेटको शुल्क नबढेको प्राधिकरणको स्पष्टोक्ति, बढी रकम लिए कारबाही

इन्टरनेटको शुल्क नबढेको प्राधिकरणको स्पष्टोक्ति, बढी रकम लिए कारबाही

images
images
आइतवार, आश्विन २५ २०८३
आइतवार, आश्विन २५ २०८३
  • काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।नेपाल दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार इन्टरनेट सेवा प्रदायकले ग्राहकबाट लिने महसुल दर प्राधिकरणबाट अनिवार्य रूपमा स्वीकृत गराउनुपर्ने व्यवस्था छ । साथै, स्वीकृत महसुल दरको विवरण सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । तर, पछिल्लो समय केही इन्टरनेट सेवा प्रदायकले प्राधिकरणबाट स्वीकृत महसुल दर तथा प्याकेजको विवरण सार्वजनिक नगरेको, पुराना प्याकेजहरू स्वीकृतिविना परिवर्तन गरेको र मूल्य वृद्धि गरी उपभोक्तालाई मर्कामा पारेको गुनासो प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

    images
    images

    प्राधिकरणले उपभोक्ताको आफूले चाहेको प्याकेज छनोट गर्न पाउने अधिकार सुनिश्चित गर्न सबै स्वीकृत इन्टरनेट प्याकेजको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । सेवा प्रदायकहरूले इन्टरनेटको ब्यान्डविथ तथा गति, महसुल दर र सेवा प्रयोगसम्बन्धी सर्तहरू आफ्नो आधिकारिक वेबसाइट, मोबाइल एप तथा ग्राहक सेवा केन्द्रमार्फत स्पष्ट र पारदर्शी रूपमा उपलब्ध गराउनुपर्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend