जनकपुर । सामाजिक सञ्जाल टिकटकमा डरत्रास, धाकधम्की तथा समाजमा हिंसा फैलाउने खालको भिडियो अपलोड गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १९ बस्ने अन्दाजी २१ वर्षका 'काले' भनिने पशुपति पासवान छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनलाई सोमबार बिहान आफ्नै घरठेगानाबाट नियन्त्रणमा लिइएको हो। टिकटकमा हिंसात्मक तथा धम्कीपूर्ण भिडियो सम्प्रेषण गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका पासवानमाथि थप अनुसन्धान भइरहेको र प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।




.gif)



